काठमाडौं, १५ मंसिर । अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विषयमा अहिले “पर्ख र हेर’को अवस्थामा रहेको जनाएको छ ।
अध्यक्ष झाले बुधबार एक वक्तव्य जारी गर्दै विधेयकको प्रस्तावको अध्ययन गर्न, आन्दोलनकारी जनताको सल्लाह, सुझाव र प्रतिक्रिया बुझ्न, मधेशी मोर्चा लगायतका आन्दोलनरत पक्षसंग विचार विमर्श गर्न, अन्य सरोकारवाला पक्षको दृष्टिकोण र अवस्था बुझ्न, “पर्ख र हेर”को नीति अख्तियार गरेको जनाएका छन् ।
सरकार द्वारा प्रस्तुत संविधान संशोधन सम्बन्धि विधेयकले मधेश आन्दोलनको समग्र एजेण्डा, आकांक्षा र मांगलाई सम्बोधन गर्न नसकेको, सत्तारुढ दलहरु भित्रैबाट सम्प्रेषित भैरहेको भावनाले संसोधन विधेयकलाई आत्मसात गर्न नसकेको अवस्थाले चिन्तित तुल्याएको अध्यक्ष झाले धारणा व्यक्त गरेका छन् ।
‘संशोधनको सवालमा सरकार तथा प्रतिपक्षले लिने गति र दिशालाई हामी अत्यन्त नजिकबाट निगरानी गरीरहेका छौं । मधेश र मधेशीको समग्र सबालमा सदैब सजग रहदैं विकसित परिस्थिति अनुसार जस्तोसुकै गम्भिर र जिम्मेवारीपुर्ण राजनीतिक कदम चाल्न नेपाल सद्भावना पार्टी सदैब तैयार रहनेछ,’ अध्यक्ष झाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
संविधान संशोधन सम्बन्धि विधेयकको प्रस्तावमार्फत समग्र नेपाल र खासगरी तराई–मधेशको भूगोल, इतिहास, समाज र भविष्यका लागि एकपटक फेरि द्वन्द्व, संघर्ष, आन्दोलन र विद्रोहको बाटो खुल्ला राखिएको नेसपा अध्यक्ष झाको ठहर छ ।मधेशबाणीबाट
No comments:
Post a Comment