Onlinesiraha-Nepali |
- मातृका यादवलाई भेट्न प्रधानमन्त्री पुगे अस्पताल
- शान्तिमन्त्री सितादेवी यादव गृहजिल्ला सिरहामा
- सिरहामा दशैँमा मोटरसाइकल बिक्री बढ्यो
- मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ?
- मधेसको मागलाई हेक्का नराखी मधेसवादी नेता दशैं मनाउन विदेशमा
मातृका यादवलाई भेट्न प्रधानमन्त्री पुगे अस्पताल Posted: 03 Oct 2016 09:49 AM PDT काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादवसँग भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल पुगेका छन् । केही दिनदेखि अस्वस्थ्य रहेका नेता यादव काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । यादवको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सोमबार नर्भिक अस्पताल पुगेका थिए । प्रधानमन्त्रीले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए र शीर्घ स्वास्थ्य लाभको कामनासमेत गरेको स्रोतले जनाएको छ । फोटो : सिएम प्रचण्ड डटकमबाट | ||
शान्तिमन्त्री सितादेवी यादव गृहजिल्ला सिरहामा Posted: 03 Oct 2016 09:47 AM PDT एसके कामति सिरहा, असोज १७ गते । शान्ति तथा पुर्ननिमार्णमन्त्री सितादेवी यादवले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताइन् । मन्त्रीको पदभार ग्रहण गरेपश्चात पहिलो पटक गृहजिल्ला सिरहा आईपुगेका उनी कृषिको लागि प्रयाप्त जग्गा र सिंचाईका सम्भावना रहेको बताइन् । 'हामीसँग खेतीयोग्य जमिन छ, तर प्रयाप्त सिँचाईको सुविधा नहुँदा उत्पादन वढाउन सकिएको छैन्,' साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभासँगै भवन शिल्यनाश गर्दै शान्ति मन्त्री यादवले भनिन्,'नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकार सोचिरहेको छ ।' भव्य स्वागत मधेसको अधिकारलाई संविधानमा समावेश नगरिएको भन्दै भएको लामो मधेस आन्दोलनको क्रममा उनको भारतीय नम्बर प्लेटको गाडीमा र गोलघरमा आगजनी भएको थियो । हिन्दुहरुको ठूलो चाड विजयादशमीको विदामा पनि आफ्नै घरमा आउन कठिनाई भएको थियो तर यसपल्ट स्थिति फरक रह्यो । उनलाई लिन जनकपुर विमानस्थल पुगेकाहरुले त्यहीबाट फूलमालाले स्वागत गरेको थिए । साधारण सभाको उद्घाटन र आफ्नो निवास आईपुगेपछि पार्टीका नेता कार्यकर्ता र समर्थकहरुले फूलमालाले स्वागत गरेका थिए । उनलाई माला लगाउनेहरुको भीड नै लागेको थियो । नेपाली काँग्रेसका केन्द्रिय कोषाध्यक्ष समेत रहेका यादव जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने स्वकीय सचिव धनेश्वर यादवले बताए । | ||
सिरहामा दशैँमा मोटरसाइकल बिक्री बढ्यो Posted: 03 Oct 2016 04:39 AM PDT रोहित कुमार मण्डल लहान, १७ असोज । दसैँ तिहार उपहार सुुरु गरेपछि सिरहा जिल्लामा बजाज मोटरसाइकलको बिक्री बढेको छ । नेपालीको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा प्रायः सबै मोटरसाइकलको खरिदमा छुट गरिएकाले बिक्री बढेको हो । अरू बेलाभन्दा छुटमा केही मूल्य कम हुने भएकाले मोटरसाइकल किन्नेको भीड पनि लागिरहेको छ मनोकामान टे«ड लिंक बजाज शो रुमका प्रोपाइटर शंकर चौधरीले बताए । दसँै तिहारमा राखिने छुटका कारण शो रुममा ग्राहकको चाप अरू समयभन्दा बढिरहेको उनले बताए । दसैँ तिहारका लागि कुनै कम्पनीले नगद छुट, स्क्रयाच कुपन राखेका छन् भने सर्भिसिङको बढि सुविधा दिएका छन् । मोटरसाइकल डिलरले दसँै तिहार छुट सुरु गरिसकेका प्रोपाइटर गुप्ताले जानकारी दिए । सर्वसाधारण पनि दसँै तिहारमा नयाँ सवारीसाधन किन्न बढी इच्छुक देखिने गरेका छन् । अरू बेला सुनसान जस्तो देखिने मोटरसाइकल शो रुममा पनि अहिले चहलपहल बढेको छ । सिरहामा बजाज, कम्पनीका मोटरसाइकल बढि बिक्री हुने गरेका छन् । | ||
मधेस-थरुहट आन्दोलनको छानबिनमा ढिलाइ किन ? Posted: 03 Oct 2016 04:14 AM PDT
हिजो-अस्ति विभिन्न सञ्चार माध्यममा संविधानको धारा १३२ को उपधारा (२) को आधार देखाउँदै सपथ ग्रहण गराउन नसक्ने भन्दै एउटा पत्र नेपाल सरकारलाई पठाइएको पढ्न पाइयो । उक्त धारामा यसो भनिएको छः 'प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राहृय हुने छैन ।' धारा १३२ (१) मा भने यसो भनिएको छः 'प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने -१० प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन । तर, नेपाल सरकारले न्याय परिषद्सँग परामर्श गरी सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिको लागि कानून वा न्यायसम्बन्धी अनुसन्धान वा अन्वेषणको कुनै काममा खटाउन सक्नेछ ।' के छानबिन आयोग सरकारी पद हो ? कि सरकारभन्दा पृथक् हो ? अहिलेसम्म सर्वाेच्च अदालतका माननीय न्यायाधीशहरु कुनै पनि आयोगको संयोजक हुनुभएको छैन त ? सदरुल मियाँ अन्सारीको मृत्युको घटनाको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलिको अध्यक्षतामा, ०६२।६३ को जनआन्दोलनमा भएको दमन सम्बन्धमा छानबिन गर्न पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा छानबिन आयोग गठन भएको थियो । त्यसैगरी, न्यायाधीश मोहन सिटौलाको अध्यक्षतामा छानबिन आयोग गठन भएकै हो । सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा झन्डै आधा दर्जन आयोग बनेका थिए । त्यस्तै, न्यायाधीश रणबहादुर बम हत्याको घटनाको छानबिन गर्न न्यायाधीश प्रेम शर्माको अध्यक्षतामा आयोग बनेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी चुनावी मन्त्रिपरिषद्को अध्यक्ष नै हुनुभयो । उहाँले नै गराएको चुनावबाट संविधानसभाबाट अहिलेको संविधान निर्माण भएको हो । यस्ता कयौं आयोग सर्वाेच्चको पूर्व न्यायाधीशको अध्यक्षतामा गठन भएकोमा सपथ ग्रहणमा कुनै अवरोध भएको थिएन । यसपाली मात्रै सपथ ग्रहणमा किन अवरोध देखियो ? वास्तवमा नेपालको संविधानको धारा १३२ (२) 'प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राहृय हुने छैन' भन्ने प्रावधान खासगरी नेपालको अन्तरिम संविधानको धारा १०६ (२) मा भएको प्रावधानको निरन्तरता नै हो भन्दा फरक पर्दैन । अन्तरिम संविधानको उक्त धारामा भनिएको थियो: 'सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा न्यायाधीश भइसकेको व्यक्ति धारा १३१ को उपधारा (१) को खण्ड (क) बमोजिमको पदमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिको लागि ग्राहृय हुने छैन र निजले कुनै पनि अड्डा अदालतमा उपस्थित भई बहस पैरवी गर्न पाउने छैन ।' नेपाल अधिराज्यको संविधानको धारा ८७ मा पनि करिब यस्तै प्रावधान थियो । अन्तरिम संविधानमा भएको उस्तै प्रावधानले आयोगहरु गठन भएका थिए र यो संविधानमा भएका प्रावधान अन्तरिम संविधानकै निरन्तरता हो । अन्तरिम संविधानकै प्रावधानलाई निरन्तरता दिइएकोले विगतमा गठन भएका आयोगका नजीरहरु हुँदाहुँदै अहिले मिल्न नसक्ने त्यस्तो के आधार छ भन्ने कुरा सम्बद्ध निकायले सर्वसाधारणलाई जानकारी गराउँदा वेश हुनेछ । सर्वोच्च अदालतको न्यायाधीशलाई लाभको अन्य कुनै पदमा जान नदिनुको खास अर्थ न्यायाधीश हुँदा त्यस्तो व्यक्ति भोलि कसैको समर्थनमा केही पाइन्छ भन्ने कुराको आश नगरोस् र त्यो लोभमा उसको निर्णय क्षमतामा प्रभाव नपरोस् भन्नका लागि हो । त्यसकारण यो प्रावधानको महत्व आफ्नो ठाउँमा छ । तर, केही हप्ता वा केही महिनाको लागि गठन हुने छानबिन आयोग लाभको पद होइन भन्ने कुरा हाम्रै प्रयोग र परम्पराबाट प्रमाणित भइसकेको छ । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहले राज्य सभासँग प्राध्यापन गर्ने अनुमति मागेका थिए । भारतको राज्य सभाले प्राध्यापन गर्नु लाभको पद होइन भनी त्यसको लागि अनुमति दिएको थियो । यदि एकपटक न्यायाधीश भइसकेको व्यक्तिलाई यसरी आयोगहरुमा बस्न नदिने हो भने समाज उनीहरुको योग्यताको फाइदा लिन असमर्थ हुनेछ र त्यो निश्चय पनि समाजको प्रगतिमा बाधक नै साबित हुनेछ । जहाँसम्म सपथको कुरा छ, के सपथ लाभको पद लिनेहरुले मात्रै लिन्छन् ? हामीले नेपालको परम्परा हेर्ने हो भने लाभको पद नभएका तर सार्वजनिक पद भएका व्यक्तिहरुले पनि सपथ लिने गरेका छन् । सपथ लिएको आधारमा आयोगको पदलाई लाभको पदको रुपमा व्याख्या गर्दा कानूनको सही व्याख्या भए जस्तो मलाई लाग्दैन । मेरो चासो आयोगको अध्यक्ष को बन्नुभयो भन्ने कुरोसँग होइन । मूल विषय भनेको थरुहट मधेस आन्दोलनको गम्भीर मानव अधिकारको उल्लंघनका घटनाहरूको प्रमाण लोप हुने, पीडितले समयमा न्याय नपाउने, पीडक उम्किन सक्ने र दण्डहीनताको संस्कृति नेपालमा संस्थागत हुने खतराप्रतिको डर हो । साथै, यदि सर्वाेच्च अदालतले अहिलेको आयोगको सपथ ग्रहण गराएन भने यही नजीर नै स्थापित हुनेछ । यो उपयुक्त हुन्छ-हुँदैन, आफैंमा बहसको विषय हो । सरकारी पद, संवैधानिक पद र कानूनी आयोग गठन फरक-फरक विषय हुन् । त्यसमा पनि छानबिन आयोग अन्तर्गत गठन भएका आयोगहरुले त अदालतलाई भए सरहको अधिकार प्रयोग गरी कसैलाई पनि बयान लिन सक्ने हैसियत राख्छन् । त्यसमा पनि छानबिन आयोग आफंैमा निष्पक्ष हुन्छ । यसकारण यसलाई सरकारी वर्गमा पनि राख्न मिल्दैन । निजामती किताब खानामा आयोगका सदस्यहरुको कुनै विवरण राखिँदैन । पूर्व न्यायाधीश परमानन्द झा नेपालको उपराष्ट्रपति हुनुभएको थियो, जसलाई सरकारी पदको रुपमा व्याख्या गरिएको थिएन । यसकारण सीमान्तकृत समुदायको हकहित र न्याय पाउने विषयमा प्राविधिक र कानूनी अड्चनले समस्याहरु झन् बल्झिने र ती समुदायमा असन्तुष्टि बढ्ने देखिन्छ । 'जो होचो उसको मुखमा घोचो'को नियत सरकारले पनि देखाउनु भएन । गर्ने बेलामा तीनबुँदे सहमति गर्ने र कार्यान्वयनको बेलामा विभिन्न खाले कानूनी अड्चन देखाएर आफ्नै सहमतिको हस्ताक्षरबाट पन्छिन मिल्दैन । कानूनी र प्राविधिक अप्ठ्याराहरु थिए भने सहमति नगरेको भए हुन्थ्यो अथवा समस्याहरुको अध्ययन पहिले नै गरेको भए हुन्थ्यो । सबै सरोकारवालाहरु आफूले गरेको वाचाप्रति इमानदार हुनुपर्छ । राजनीतिज्ञहरुले निर्णय लिन्छन् र कर्मचारी वा प्राविधिकहरुले त्यो निर्णय कार्यान्वयन गर्न आवश्यक प्रक्रिया मिलाउनुपर्छ । यसरी नै दलीय व्यवस्था र लोकतन्त्र चल्छ हजुर ! ढिलो गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो । यस कारण थरुहट मधेस आन्दोलनको घटनाहरुको छानबिन आयोगको सपथ ग्रहण यथाशीघ्र हुने गरी संवैधानिक र कानूनी बाधाहरु हटाऔं र छानबिन कार्य थालौं । तत्काल निष्पक्ष छानबिन कार्यको सुरुवात होस्, यही नै थरुहट मधेस क्षेत्रका जनताको अपेक्षा छ । नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रसँग तीनबुँदे सम्झौता गर्ने संघीय गठबन्धन, जसले गिरीशचन्द्र लालको नाममा सहमति गरेको थियो, त्यो पक्षले पनि यो विषयमा चासो लिएर आयोगको काममा भएको अवरोध हटाउन सक्रिय भूमिका खेल्न जरुरी छ । मधेसी मोर्चा वा मधेसी शक्तिहरूको प्रायः एउटा पक्षमा सधैं कमजोरी देखिने गरेको छ । त्यो हो, उनीहरुले चासो देखाएर निर्णय भएको कुरामा अन्तिम समयसम्म अनुगमन गर्दैनन् । स्रोत :ऑनलाइन खबर | ||
मधेसको मागलाई हेक्का नराखी मधेसवादी नेता दशैं मनाउन विदेशमा Posted: 02 Oct 2016 10:56 PM PDT काठमाडौं, १७ असोज-सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका आजको राजधानी दैनिकमा समाचार छ ।यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारमिा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रमी चौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन् । |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment