काठमाडौं,०३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिहारसम्म सत्तापक्ष, प्रतिपक्षपक्ष, र आन्दोलनरत दलहरुबीच छलफल गरी संविधान संशोधनको वातावरण निमार्णमा सरकार केन्द्रीत रहेको बताएका छन् ।
बुधबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको मस्यौदा निमार्णका काम अन्तिम चरणमा पुगेको बताएका हुन् । प्रधानमन्त्रीले भने–‘आन्दोलनरत मधेशी मोर्चा, जनजाती, थारुसम्ग सम्बन्धित गठबन्धनसँग औपचारिक र अनौपचारिक छलफल गर्दै अहिलेसम्म आउँदा हामी संविधान संशोधनको अन्तिम ड्राफ्ट तयार गर्नेतिर लागेका छौँ ।’
उनले आन्दोलनरत र असन्तुष्ट दलहरुसँग वार्ता गरेर संविधान संशोधन गर्ने र सबैको सहभागितामा निर्वाचन प्रक्रिया अघि बढाउने बिषयलाई उच्च प्राथमितामा राखेको संसदलाई जानकारी गराए ।
साथै संविधान कार्यान्वनका लागि आवश्यक कानुनको मस्यौदा व्यवस्थापिका संसदमा पेश गरेको बताएका छन् । जसमा निर्वाचनसम्बन्धि विधेयकहरु, निर्वाचन आयोगसम्बन्धि विधेयक, राजनीतिक दल दर्तासम्बन्धि बिध्ययेक, मतदाता नामावली सम्बन्धी विधेयक ब्यवस्थापिका संसदमा पेश गरिसकेको प्रधानमन्त्रीको भनाई छ ।
यसबाट संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन गर्ने सुनिश्चितता भएको उनले बताए ।
उनले आउँदो तिहार वा छठसम्ममा सक्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षसँग एउटा समझदारी बनाएर संविधान संशोधन गर्ने
र निर्वाचनतिर देशलाई लैजाने गरी कामकेन्द्रीत गरेको उनले बताए ।
राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा सम्पन्न गर्न अनुगमन
व्यवस्थापिका संसदमा सरकारको काम कारबाहीको रुपरेखा, ब्रिक्स र बिमस्टेक सम्मेलनमा नेपालको सहभागिका बारेमा जानकारी दिन सदनमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विकासका आयोजनालाई अगाडि बढाउनका भन्दै राष्ट्रिय गौरबका आयोजनाका काम छिटो गराउन आफैले निरिक्षण थालेको सदनलाई जानकारी गराए । उनले मेलम्ची खानेपाली आयोजनाको अवलोकन गरेको जानकारी दिँदै आगामी बर्ष काठमाडौमा मेलम्चीको पानी बितरण गर्नेगरी काम गर्न निर्देशन दिएको बताए ।
यस्तै मध्यपीश्चम क्षेत्रको सिक्टा सिंचाई आयोजना र सुदुरपश्चिमको रानी जमरा सिचाइँ आयोजनाको निरिक्षण गरी तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए । यस्तै मध्यमाञ्चलको चितवन राष्ट्रिय निकुञ्ज तथा बिपि कोइराला क्यान्सर अस्पताल को अनुगमन गरी सेवा सुधारमा आवश्यक निर्देशन दिएको बताए ।
प्रत्येक विकास क्षेत्रअन्र्तगत संचालित ठूला विकास आयोजनाको तोकिएको समयमा सम्पन्न गर्न र विकास निमार्णका कार्यक्रममा पूँजीगत खर्च न्युन हुँदै गइरहेको सन्र्दभमा यस आर्थिक बर्षमा पूँजीगत खर्च ८० प्रतिशत पु¥याउन जोड गरेको प्रधानमन्त्रीको भनाई छ ।
भूकम्प प्रभावितलाई थप १ लाख दिने प्रक्रिया शूरु
व्यवस्थापिका संसदमा संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितलाई यसअघि दिने भनिएको २ लाख अनुदानमा थप १ लाख थपेर ३ लाख दिने प्रक्रिया शुरु गरेको बताएका छन् ।
उचबअजबलमब(द्दभूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ५ लाख ३३ हजार १ सय ८२ भूकम्पप्रभावित मध्ये ४ लाख ६३ हजार २ सय ७६ परिवारसँग अनुदान सम्झौता गरेको र मंगलबारसम्म ४ लाख २० हजार ८ सय ६२ परिवारले पहिलो किस्ताको ५० हजार पाइसकेको जानकारी दिए ।
यस्तै प्युठान जिल्लामा बाढीपहिरो पीडितलाई भूकम्प प्रवावितसरह राहत वितरणका लागि निर्देशन दिएको समेत सदनलाई जानकारी गराए ।
यस्तै प्रशासन सुधारका लागि मूल्याङ्कन पद्धतिको शुरुवात गरेको बताए ।
गत भदौ २३ गते संसदमा गरेको बिशेष सम्बोधनको कार्यान्वन प्रारम्भ भएको जानकारी गराउदै यसका लागि सचिवहरुलाई २८ बुँदे निर्देशन दिएको बताए । सरकारले गरेको प्रभावकारी ब्यवस्थापनका कारण शान्तिपूर्ण रुपमा दसैँ मनाउन पाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ७५ जिल्लामा कालोबजारी रोक्न अनुगमनलाई तिब्रता दिइरहेको जानकारी दिए । प्रधानमन्त्रीले जनगुनासोको सम्बोधन गर्नका लागि हेलो सरकारको कार्यक्षेत्रलाई क्षेत्रीय स्तरमा पु¥याएको बताए । यस्तै संघीयता कार्यान्वयनलाई स्थानीय पुर्नसंरचना आयोगलाई सरकारले सहयोग गर्दै आएको बताए । प्रशासनिक पुर्नसंरचनाको काम अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको भनाई छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त भूमिका
यसैबीच नयाँ सरकार गठनयता सरकारले अन्र्तराष्ट्रिय मञ्चहरुमा सशक्त भूमिका निर्वाह गर्नुका साथै छिमेकीसँगको समन्धमा ब्यापक सुधार भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७१ औ महासभामा नेपालको भूमिका, भारतको राजकीय भ्रमण र हालै भारतको गोवामा सम्पन्न ब्रिक सम्मेलनमा नेपालले आफ्नो स्पष्ट धारणा राखेको बताए ।
भारत भ्रमणका क्रममा धेरै बिषयको उठान गर्नुभन्दा असल नियतले भारतसँग यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिएको प्रधानमन्त्रीको भनाई थियो ।
सिमापार रेल्वे, हुलाकी राजमार्ग, बिद्युत प्रशारण लाईन, पोलिटेक्निकल स्कूल निमार्ण, सन् २०१४ मा सम्पन्न नेपाल भारत उर्जा सम्झौतालाई अगाडि बढाउने र पञ्चेश्वर बहुउद्धेश्यीय आयोजनालाई समय तोकेर अगाडि बढाउने बारे सकारात्मक छलफल भएको बताए ।
नेपाल–भारत संयुक्त बक्तब्यको अपब्याख्या गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको तर्फबाट कुटनीतिलाई उच्चतासाथ पालना गरेका बताए ।
उनले भारतका प्रधानमन्त्रीलाई वर्तमान सरकारले चालेका कदमबारे बताएको र भारतले संविधान कार्यान्वयनका लागि नेपालका सबै पक्षको साथ लिन शुभकामना दिएको उनको भनाई छ ।
उनले साझा चासोको बिषयलाई देशहरु मिलेर एउटै भनाई राख्ने अन्र्तराष्टिय चलन रहेको र नेपालका तत्कालीन परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबिच अघिल्लो बर्ष काठमाडौमा सम्झौता भएअनुसार नै सार्वजनिक महत्वको अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा बनाउने बारे सम्झौता भएको प्रष्टिकरण दिए ।
उनले यसअघिको सरकार र चीनबीच भएको सम्झौतामा पनि अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाउने बारे सहमति भएको उल्लेख गरे ।
द्धीपक्षिय आर्थिक विकास तथा परियोजनाहरुको कार्य शीघ्र रुपमा अघि बढाउन भारतीय प्रम र आफुले निगरानी समूह निमार्ण गर्ने सम्झौता गरेको प्रधानमन्त्रीको भनाई छ । भारतका तर्फबाट राजदूत र नेपालका तर्फबाट सहसचिवको नेतृत्वमा संयुक्त अनुगमन गर्ने सहमति भएको जानकारी दिए ।
यस्तै प्रधानमन्त्री प्रचण्डले ब्रिक्स सम्मेलन नेपालका लागि प्रभावकारी उपस्थिती रहेको साझा हीत तथा समृद्धी र विकासका लागि नेपालले स्पष्ट धारणा राखेको बताए ।
संयोगबस चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसंग भएको आकस्मिक भेटमा त्रिदेशीय हीतका बिषयमा छलफल भएको बताउँदै उक्त दुर्लभ अवसरलाई सदुपयोग गर्दै नेपाली जनता र नेपालको हीतमा छलफल गरेको बताए । संयोगबस भएको भेटलाई नेपालमा नकारात्मक टिप्पणी गरेपनि भारत र चीनले महत्वपूर्ण रुपमा लिएका बताउँदै उक्त भेट महत्वपूर्ण भएपनि कुनै सम्झौता नभएको स्पष्ट पारे ।
उनले भने– ‘भारत र चीनमा विशेष दुत पठाउदा ती देशले खुसी ब्यक्त गरेपनि नेपालमा भने नकारात्मक टिप्पणी भएको छ ।’
चिनियाँ राष्ट्रपतिसँगको भेटमा चीनसँग यसअघि भएका समझदारीलाई कार्यान्वन गर्नेबारे छलफल भएको र उनलार्ई नेपाल भ्रमणको निम्ता गरेको जानकारी गराए । साथै चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने बताएको समेत जानकारी दिए ।
No comments:
Post a Comment