गिरीश गिरी काठमाडौं, ५ कात्तिक ।‘एक महिनाभित्र ट्याक्सी चालकले मिटरबिना हिँड्दैनौं भन्नेछन्।’
भदौ दोस्रो साता महानगरिय ट्राफिक प्रहरी कार्यालय प्रमुख डिआइजी प्रकाश अर्यालले सार्वजनिक गरेको यो अठोट लामो समयदेखि ठगीमा पर्दै आएका ट्याक्सी उपभोक्ताका निम्ति राहतको समाचार बनेको थियो।
डिआइजीको अठोटअनुसार ट्याक्सी उपभोक्ताले राहत पाए तरु
बुधबार बेलुकी करिब साढे ५ बजे उपत्यका बाहिरबाट आएका बस कलंकीमा धमाधम रोकिँदै थिए। लगेज समात्दै ओर्लिएका यात्रुलाई तान्न ट्याक्सी चालकहरू बसको ढोकैमा पुगिरहेका थिए। यसरी तछाडमछाड गरिरहेका चालकमध्ये एक जनालाई बोलाएर सोधेँ। उनी बालकुमारी जान तयार भए।
‘भाडा कति लिनुहुन्छ तरु’
‘मिटरमा जति उठ्छ त्यति दिनुस् न।।।’ चालकले यस्तो जबाफ दिएपछि म एकछिनसम्मै रनभुल्लमा परेँ। यो त्यही कलंकी हो, जहाँ ट्याक्सी चालकबाट कुनै दिन यस्तो जबाफ सुन्न पाइनेछ भनेर सम्भवतः कसैले कल्पनै गरेको थिएन।
चालकको नाम विनोद मगर थियो। ट्याक्सी नम्बर बा१ज ७४३९।
‘हैन कहिलेदेखि मिटरमा चल्न थाल्योरु यो त अचम्म भएन ररु’ मैले जिज्ञासा राखेँ।
‘तपाईंहरू पनि गजबकै मान्छे। मिटरमा जान्नौं भन्दा पनि अचम्म मान्नु हुन्छ, मिटरमै जान्छौं भन्दा पनि अचम्म मान्नु हुन्छ।’
हँसिला अनुहारका तन्नेरी विनोदको एकपछि अर्को जबाफले मेरो आँखीभौं उचालिरहेको थियो। मलाई लाग्यो काठमाडौं गजबसँग फेरिएछ।
तर, यत्तिकै भरमा निष्कर्षमा पुगिहाल्नु भने हुँदैन कि१
मैले केही बेग्लाबेग्लै स्थानमा पुगेर त्यस साँझ ट्याक्सीको अवस्था बुझ्ने निधो गरेँ।
बुधबारै बेलुकी ६ बजेर २० मिनेट जाँदा म पुल्चोकबाट शशिभवनतर्फको मोडैमा थिएँ। त्यहाँ दुईवटा ट्याक्सी अडिएका थिए। बा२ज २५७८ नम्बरको ट्याक्सीलाई मैले ‘बालकुमारी जाने हो’ भनेर सोधेँ।
‘मेरो त घर जाने बेला भइसक्यो। अर्को ट्याक्सी खोज्नुस् न,’ उनले जबाफ दिए, ‘उ यो अगाडिको ट्याक्सीमा जानुस् न।’
अगाडिको बा२ज २२१ नम्बरका चालक ट्याक्सीको शिशा पुछिरहेका थिए। ‘उहाँलाई बालकुमारी लगिदेऊ,’ अघिका ट्याक्सी चालकले सिफारिस गरिदिए।
उनले एकछिनसम्म मेरो अनुहार हेरे र भने, ‘म त्यता जाँदिन, मेरो पनि घर जाने बेला भइसक्यो।’ उनीहरूको व्यवहार देख्दा लाग्थ्यो, उनीहरू मबाट केही थप कुरा सुन्न चाहन्थे, जुन म भनिरहेको थिइनँ।
‘अनि घर जाने मान्छे किन यहाँ बसिरहेको तरु’ मैले उनीहरूको अपेक्षाविपरित अर्कै कुरा सोधेँ।
‘हैन।।। यत्तिकै बसेको। एकछिनमा हिँड्ने हो,’ मेरै छेउ उभिएका पछाडिका चालक पनि ट्याक्सीको ढोका खोलेर भित्र पसे र ढोका ढ्याम्म लगाए।
मैले करिब सय मिटर पर गएर ती दुवै ट्याक्सीलाई नियालिरहेँ। झन्डै १० मिनेटसम्म उनीहरू त्यहीँ थिए। त्यसपछि भने अगाडिको ट्याक्सी यात्रु राखेर जाउलाखेलतर्फ मोडियो। पछाडिको ट्याक्सी पछिसम्मै त्यहीँ रह्यो।
त्यसपछि म मंगलबजार पुगेँ। पर्यटकको ओहोरदोहोर भइरहेको थियो। कतिपय ट्याक्सी दरबारअगाडिको बाटैमा रोकिन खोज्थे। ट्राफिकले भने उनीहरूलाई त्यहाँबाट हटाइरहेका थिए। अलिक साइड लाग्ने ठाउँ पुरानो अदालतको ठीक अगाडि थियो, जहाँ ६ बजेर ४७ मिनेट जाँदा दुईवटा ट्याक्सी रोकिएका थिए। पछाडितर्फको बा२ज २३८ का चालक भद्र देखिन्थे। मैले उनलाई आफु कालिकास्थान जान खोजेको बताएँ।
‘यताबाट त वन वे पर्छ,’ उनले भने।
‘जताबाट लगे पनि लागेको पैसा दिइहाल्छु क्यारे,’ मैले जबाफ दिएँ।
‘म त त्यताबाट जाँदिन,’ उनले भने, ‘उ यो अगाडिको ट्याक्सीलाई सोध्नुस् न।’
अगाडिको ट्याक्सी बा१ज ८०१० का चालकले अघि नै मलाई चढाउन इच्छुक नरहेको संकेत दिइसकेका थिए। ‘म त जान्नँ,’ उनले भनिहाले।
पछाडिका चालकले ‘तपाईंलाई नै बढी पैसा पर्छ, बरु उ त्यो मोडबाट सोझै उता जाने ट्याक्सी पाइन्छ, त्यतै खोज्नुस्’ भनेपछि म त्यहाँबाट पनि विदा भएँ।
त्यसपछिको गन्तव्य थियो बालकुमारी। चक्रपथ जोडिने विन्दुभन्दा अलिक वर पेट्रोल पम्पको छेवैमा दुईवटा ट्याक्सी उभिएका थिए। त्यतिञ्जेल बेलुकीको ७ बजिसकेको थियो।
पछाडिको ट्याक्सी बा१ज ४७०० का चालकसँग एक जना महिला कुरा गरिरहेकी थिइन्। उनीहरूको कुरा मिलिरहेको थिएन।
‘त्यहाँबाट फर्कंदा प्यासेन्जर नै पाइँदैन,’ चालक भनिरहेका थिए, ‘मिटरमा गएर के गर्नेरु’
‘प्यासेन्जर जति भए पनि पाइन्छ,’ ती महिला सम्झाउन खोज्दै थिइन्, ‘छ सय रुपैयाँ त अलिक महँगै भयो।’
मलाई देख्नेबित्तिकै चालकले ‘कता जाने हो’ भनेर सोधे। मैले ती महिलालाई देखाउँदै ‘उहाँले पो कुरा गरिरहनुभएको छ क्यारे’ भनेँ। यो सुन्नेबित्तिकै ती महिला ‘ल ल हुन्छ जाउँ’ भन्दै ट्याक्सीको ढोका खोलेर भित्र पसिन्।
ट्याक्सी गुड्यो।
त्यसभन्दा अलिक अगाडि रोकिएको बा१ज १६५१ नम्बरको अर्को ट्याक्सीलाई ‘कालिकास्थान जाने हो’ भनेर सोध्नेबित्तिकै ‘चार सय रुपैयाँ लाग्छ’ भनेर जबाफ दिए।
‘मिटरमा हिँड्नुस् न। जति उठ्छ दिउँला, हुँदैनरु’ मैले सोधेँ।
‘कहाँ बाटोमा त्यत्रो जाम छ,’ उनले भने, ‘मिटरमा त जान्नँ।’
यति अनुभव गरेपछि मलाई लाग्यो, डिआइजी अर्यालले त्यत्रो मेहनत गर्दा पनि काठमाडौंको ट्याक्सी समस्या जहाँको तहीँ रहेछ।
यसैको कारण खोज्न म बिहीबार बग्गीखाना पुगेँ। माथिका सबै अनुभव सुनाउन खोज्दाखोज्दै डिआइजी अर्यालले मोबाइलमा फोन लगाइसकेका थिए। त्यो फोन ललितपुरमा ट्राफिक व्यवस्थापन गर्ने सिताराम हाछेँथुलाई हो भन्ने कुराकानीबाटै बुझिन्थ्यो।
‘लामो समयदेखि चल्दै आएको यो यस्तो प्रवृत्ति रहेछ, लगभग हाम्रो जीनमै बस्ने बेला भइसकेको,’ डिआइजी अर्यालले ठट्यौलो पारामा भने, ‘च्याप्या च्याप्यै गरिएन भने फेरि फुस्किहाल्ने अवस्था छ।’
उनले दसैं बेला यसतर्फ कारबाही अलिक मत्थर भएको स्वीकार गर्दै भने, ‘ठूलो संख्यामा यात्रुहरू काठमाडौं बाहिर जाने र लगत्तै भित्रिने भएकाले भएभरको जनशक्ति उता परिचालन गर्नुपरेको थियो। यात्रु सहायता कक्षदेखि बसपार्क हुँदै राजमार्गसम्म यताको ट्राफिक उता लगाउनुपर्यो।’
यो बाध्यताका बाबजुद आफूहरूले कारबाही थालेपछि ट्याक्सीहरू अत्तालिएर सामूहिक हड्तालमा ओर्लिएको पनि उनले सम्झिए।
एक महिनाअघि धुम्बाराहीतिरबाट निस्केको ट्याक्सीको जुलुस चाबहिल लगायत ठाउँबाट थपिँदै तीनकुनेमा कोणसभा गरिएको थियो। ट्राफिकको विरोधमा भाषण पनि ठोकियो। अर्को दिन दिउँसोसम्म ट्याक्सी ठप्पै थियो।
‘वार्ता गरौं भनेर तारन्तार दबाब आएको थियो,’ उनले भने, ‘म कुनै हालतमा यो विषयमा वार्ता गर्दिनँ भनेर अडान लिएरै बसेँ, आखिरमा उनीहरू नै थाकेर फेरि चलाउन सुरु गरे।’
यसबीच डिआइजी अर्यालले आफ्ना केही अधिकृतलाई धमाधम कार्यकक्षमा बोलाइसकेका थिए। उनले सबैसँग हिसाबकिताब लिन थाले।
‘काठमाडौंमा १० हजार ट्याक्सी चल्छन्,’ उनले भने, ‘हामीले अहिलेसम्म २ हजार ७ सय ४५ वटालाई कारबाही गरिसकेका छौं।’ पच्चीस प्रतिशत ट्याक्सीलाई कारबाही गर्दा पनि अहिलेसम्म समाधान नहुनुले यो कति जड भएर बसेको रहेछ भन्ने प्रस्ट बुझिने उनको भनाइ थियो। कारबाहीमा पर्ने ट्याक्सीलाई लाग्ने जरिवाना पनि २ हजार, ३ हजार हुँदै अहिले ५ हजार रुपैयाँ पुगिसकेको डिआइजी अर्यालले जानकारी दिए।
बग्गीखानाको रेकर्डअनुसार बुधबार मात्र पनि ४८ जना ट्याक्सी चालकलाई जनही पाँच हजार रुपैयाँ जरिवाना तिराइएको थियो।
कारबाही अझ दह्रो बनाउन ९८५१२९५१०० मा आउने एसएमएसलाई पहिलेभन्दा बढी महत्वसाथ ‘प्रोसेस’ गर्न थालिएको उनले बताए। ‘पहिले सम्बन्धित क्षेत्रका ट्राफिकलाई अलर्ट गराएर तत्काल कारबाही गर्न लगाएपछि काम सकिन्थ्यो, जसले तत्काल कारबाहीमा पर्न नसकेकाहरू उम्कन्थे,’ उनले भने, ‘हिजोआज त्यस्तो एसएमएसबाट पाउने जानकारीलाई बग्गीखानाकै अपरेसन र मुद्दा फाँटमा समेत रेकर्ड राख्न लगाइन्छ र कसैगरी पनि ट्याक्सी चालक खोजेर कारबाही गरिन्छ।’
‘एकपटक उजुरी आइसकेको चालक ट्याक्सी नै कतै गुफामा लुकाएर भाग्यो भने अर्कै कुरा, नत्र कसैगरी पनि बच्ने सम्भावना छैन,’ अर्यालले दाबी गरे।
मापसे चेक गरिरहेको ठाउँमा ट्याक्सीलाई पनि जाँच गरिरहेको कतै नदेखिएकोबारे जिज्ञासा राख्दा डिआइजी अर्यालले तत्काल अर्का अधिकृतलाई बोलाएर मापसे चेकिङ बेला कारबाहीमा परेका ट्याक्सी चालकको रेकर्ड मागे।
ती अधिकृतले त्यस्ता कारबाहीको विवरण देखाउँदै प्रायः केसमा ट्याक्सी चालक र यात्रुको सहमतिमै भाडा तय गरेर हिँड्ने गरेको पाइएको जानकारी दिए। ‘उल्टो यात्रुले नै आफ्नो मर्जीले पैसा दिइरहेको बेला ट्राफिकले किन चासो राखेको भनेर झर्किने गरेका छन्,’ ती अधिकृतले भने।
‘आइन्दा त्यस्ता यात्रुले जे भने पनि कारबाही गरेर त्यस्ता केसको बेग्लै फाइल बनाउनू,’ डिआइजी अर्यालले आदेश दिए, ‘त्यो फाइल मै हेर्छु।’
आफूमाथि भइरहेको सयौं रुपैयाँ ठगी चुपचाप सहने यात्रु जाबो एक रुपैयाँ पर्ने एसएमएस सुटुक्क गर्न पनि अप्ठेरो मानिरहेकोप्रति डिआइजी अर्यालको सबैभन्दा ठूलो गुनासो छ।
‘मैले सतप्रतिशत नियन्त्रण गर्ने अठोट लिएको छु,’ उनले भने, ‘ठगिएका यात्रुले यसमा नसघाउने हो भने त एकतर्फी रूपले मात्रै त्यो अठोट कसरी पूरा हुन्छरु’
मैले केही दिनअघि एयरपोर्टमा ट्याक्सी खोज्दाको तितो अनुभव पनि सुनाएँ। राति ९ बजेपछि खुलेआम डेढ गुना भाडा असुल्ने गरेको त सर्वविदितै छ।
‘संसारमा एउटै मात्र देश होला जहाँ सरकारी निकाय यातायात व्यवस्था विभागले नै राति ९ बजेपछि डेढ गुना बढी भाडा लिन पाउने नियमै लगाइदिएको छ,’ अर्यालले भने, ‘त्यसबाहेक एयरपोर्टमा चल्ने ट्याक्सीको अर्को जन्जाल छ। त्यहाँ अर्को सिन्डिकेट छ। एयरपोर्ट ट्याक्सी भन्दै त्यसको छुट्टै भाडादर दुरीको हिसाबले उनीहरूले नै निर्धारण गरिदिएका छन्। सबैभन्दा रमाइलो त, त्यसरी उनीहरूले नै निर्धारण गरेको दरभन्दा बढी लिएर त्यहाँका ट्याक्सी चलिरहेको खबर हामीकहाँ आइरहेको छ। के गर्नेरु’
त्यसबाहेकलाई भने आफूहरूले नियन्त्रण गरेरै छाड्ने अर्यालले बताए। उनले पहिला असाध्यै समस्याग्रस्त कलंकीजस्ता क्षेत्र, सार्वजनिक अस्पताल र बसपार्कमा गएर ट्याक्सी खोज्ने हो भने अहिले परिणाम बेग्लै निस्कने दाबी गरे। मुख्य आउजाउका क्षेत्रबाहेक कुनाकाप्चामा अडिएर उपभोक्ता ठग्ने ट्याक्सीलाई पनि अब कडाइ गरिने उनले संकेत दिए।
‘तपाईंले डेढ महिनाअघि भनेजस्तै निर्मूल हुने अवस्था कहिले आउँछ तरु’ विदा हुने बेला मेरो प्रश्न थियो।
‘मैले अठोट गर्ने बेला सतप्रतिशत नै निर्मूल गर्छु भन्ने हो। यति प्रतिशत भन्न मिल्दैन,’ उनले थपे, ‘छठको १५ दिनपछिको अवस्था हेरियोस्। फरक परिणामको म ग्यारेन्टी गर्छु।’
No comments:
Post a Comment