/ , , / मलिन अनुहारमा परदेशको यात्रा

मलिन अनुहारमा परदेशको यात्रा

राजकुमार सिग्देल, २२ असोज ।बौंआ तु निक सँ आईठाम के कोनो चिन्ता नइले । अइठाम हम सब समहाइर लेबौ कोनो चिजके चिन्ता फिकिर नइले ।’

सप्तरीका विद्यानन्द राम कतारको लागि प्रस्थान गर्नुअघि उनका बाबु रामदयालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल छोरालाई निकै सम्झाए । विमानस्थलको एक छेउमा बाबुछोराबीचको निकै बेर कुराकानी चल्यो । कुराकानी सुखदुःखका र घरव्यवहारका थिए ।

छोरो कतार जाँदै गर्दा रामदयाल अशान्त र तनावमा देखिन्थे । विद्यानन्दको अवस्था पनि ठीक त्यस्तै थियो । अनुहार मलिन र वेचैन ।
‘पहिलोचोटी विदेश जान जाँदैछु’, मलिनस्वरमा विद्यानन्दले रातोपाटीसँग भने, ‘ देशमा बसेर केहि भएन, कतै दुई चार पैसा कमाउन सकिन्छ कि भनेर जान लागेको ।’

दशैंकै मुखमा विदेश जानुपर्दा नरमाइलो लागिरहेको भन्दै उनले मौका मिले अर्कोसाल परिवारसँगै मिलेर दशैं मनाउने बताए ।

‘जान खोजेको त पहिले नै हो तर कागजात मिल्न ढिला हुँदा दशैंको मुखमा भयो’, विद्यानन्दले भने, ‘घरपरिवारसँग दशैं मनाउन त मन थियो तर यसपाली पाइएन ।’

महोत्तरीकै ग्रामिण क्षेत्रका रामले देशभित्र केहि गर्न चाहेपनि आर्थिक उपार्जनको भरपर्दो बाटो नभेट्दा विदेश जान बाध्य भएको बताउँदै त्यो पनि ऋण जान लागेको बताए । यद्यपी उनले मेनपावरलाई कति तिरेर जान हो भन्नेचाहिँ केहि बोल्न चाहेनन् ।

दशैंको फूलपातिको ठीक १ दिनअघि शुक्रबार बिहान विमानस्थल पुग्दा थुप्रै युवाहरु वैदेशिक रोजगारीका साथै विकसित देशहरुमा समेत जानका लागि लामबद्ध देखिन्थे । तर, दशैको मुखमा विदेशमा जान परेको भन्दै धेरैको अनुहार मलिन देखिन्थे । दसैँको मुखमा आफन्त र आफ्नै मन अमिलो बनाएर विदेशिने नेपालीको संख्या दैनिक एक हजारको हारहारिमा रहेको बताइन्छ ।

उच्चशिक्षाका साथै रोजगारीको लागि जापान जान लागेकी तनहुँकी सीमा थापाले दशैंको मुखमा घरपरिवार छाडेर विदेश जाँदा नरमाइलो लागेको भएपनि भविष्यसँग जोडिएको विषय भएकाले यसमा चित्त बुझाएको बताइन् ।

विकसित र आकर्षक मुलुकहरुमा जाने युवाहरु भन्दा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा जाने युवामा थप तनाव प्रष्ट देखिन्थ्यो ।

प्युठानका सुरजले घरायसी बाध्यताले गर्दा आफू कुबेत जान लागेको भन्दै दशैंको मुखमै टिकट मिल्दा यसपालीको दशैं मनाउन नसकेको बताए । घरमा बिदा हुने बेला बुढा बुवाआमा काखे छोरा र श्रीमतीलाई सम्झाउन अझैं कठीन परेको भाबुक हुँदै उनले बताए ।

मबकजबष्ल(दष्मभकष्लभ(ड
कुबेत नै जान लागेका प्युठानका पशुपति सुनारले पनि दशैंको मुखमा विदेश जाँदा लाग्नु स्वाभाविक भएको बताए ।

काठमाडौं ओभरसिजबाट कुबेतमा जान लागेको बताउने उनले भने, ‘जानै पर्ने बाध्यता भयो , राम्रै कमाई हुन्छ भनिएको छ, जे जस्तो भएपनि उता राम्रो भइदिए हुन्थ्यो ।’

पशुपति र सुरजलाई विमानस्थलमा छाड्न पुगेका काठमाडौं मेनपावरका सञ्चालक खेम भट्टराईले भिषा पहिले नै आएको भएपनि टिकटमा ढिलाई हुँदा दशैंकै मुखमा परेको बताए ।

कुबेतबाट छिटो पठाउन भनिएकाले दशैंकै मुखमा उडान तय भएको भन्दै उनले नेपालीको महान चाडलाई छाडेर विदेश जाँदा नरमाइलो लाग्नु स्वाभाविक भएको बताए ।

मबकजबष्ल(दष्मभकष्लभ(ट
वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृत लिनेको संख्या दैनिक एक हजार २०० रहेको छ । अन्य समयमा दैनिक एक हजार २०० देखि एक जार ५०० ले श्रमस्वीकृत लिने गरेको विभागले जनाएको छ ।

विभागको यो तथ्याङ्कले चाडबाडमा पनि धेरै नेपालीले मनमा पीडा बोकेर विदेशिनु परेको यथार्थलाई प्रतिबिम्बित गर्छ ।

यसैबीच विदेशिनेहरु नरमाइलो मान्दै परिवारबाट बिदा भइरहेको बेला चाडबाड मान्न फर्केका नेपालीका परिवारमा भने खुसीयाली छाएको छ । रातोपाटी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment