
अनुका थापा, सोही ठाउँका विरु खरेल, सुमन, सोडिया थापा, सर्डियस क्षेत्री, सरोज थापा, संखुवासभा धुपु ५का दिलु कलाखेती, ईलाम आमचौक ३ का कसीस क्षेत्री, पशुपतिनगर ५ बस्ने लाक्पा तामाङ, बारा सिमरा निवासी हिरा कार्की, सोही ठाउँका अदिति कार्की, कृष्ण बहादुर कार्की र पाँचथर रवि ५ बस्ने मनोज राई घाइते भएका छन् । घाइते मध्ये अबस्था गम्भिर रहेका अनुका थापा, विरु खरेल, सुमन र सोडिया थापालाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी नायब निरिक्षक शिब नारायण कुमर दनुबारले जानकारी दिए । समान्य घाइतेहरुको स्थानिय स्तरमा उपचार भईरहेको छ भने केहि उपचार गराई घर फर्कि सकेका छन् । यता, दुर्घटनामा परेका दुवै सबारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि लहान अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment