/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


भारतीय नक्कली डाक्टर सिरहा प्रहरीको फन्दामा

Posted: 01 Sep 2016 01:01 AM PDT

राम नारायण पंडित, सिरहा, १६ भदौ । अबैध रुपमा क्लिनिक संचालन गरेको भन्दै भारतीय नक्कली डाक्टरलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार ४ स्थित मुजेवुल अन्सारीको घर भाडामा लिई अबैध रुपमा क्लिनिक सञ्चालन गरेका भारतीय नक्कली डाक्टरलाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको जिल्ला मधुवनी र सोनामती पञ्चायत घर भएका रामजी दास रहेको प्रहरीले बताए । बिना योग्यताले सर्वसाधारणलाई डाक्टर रहेको भन्दै उनले क्लिनिक सञ्चालन गरि मोटो रकम लिई हाईड्रोसिल, वावासिर, भोकन्दर समेतको उपचार गर्दै आएको प्रहरीको भनाई रहेको छ । पक्राउ परेका दाससँग क्लिनिक सञ्चालनको लागि चाहिने कुनै इजाजत पत्र छैन भने उनले कक्षा ६ सम्मको अध्ययन मात्र गरेको भेटिएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले उनले सञ्चालन गर्दै आएको क्लिनिकबाट औषधि लगायतका सामग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दासको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विधुत चुहावट गर्ने १५ जना पक्राउ

Posted: 01 Sep 2016 12:50 AM PDT

ऑनलाइन सिरहा डटकम भदौ १५ । अवैध रुपमा विधुत चुहावट गरिरहेका १५ जनालाई विधुत प्रधिकरण सिरहा वितरण केन्द्रले पक्राउ गरेको छ । विधुत चुहावट नियन्त्रणका लागि विधुत प्रधिकरणको जारी अभियान अन्र्तगत सिरहाका विभिन्न स्थानहरुवाट २७ थान मोटर, ११ थान पंखा, ४ थान टिभी सहित १५ जनालाई प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रधिकरणले जनाएको छ । नेपाल विधुत प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार लक्ष्मिपुर प्र.म.का राम सुन्दर महतो, अर्नमा ४ का पुरन यादव, हकपराका महेन्द्र सहनी, विष्णुपुर २ का इन्द्रजित महतो, लक्ष्मिपुर ७ का सुरेनद्र यादव, लक्ष्मिपुर २ का राम रिझन महतो, अर्नमा २ का राम सुन्दर महतो र ज्ञानी महतोलाई डाइरेक्ट हुकिङ्ग गरी विधुत उपभोग गरिरहेको अवस्थामा पक्राउ गरीएको जानकारी दिनुभयो । पक्राउ पर्नेहरुवाट जनही रु. ५ हजार दरले जरीवाना लिई छाडिएको प्रधिकरण प्रमुख यादवले वताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment