/ , , , , / वडिएफ घोषणा सूचीमा विष्णुपुरप्रमको नामदर्ता नियमित रुपमा चर्पी प्रयोग गर्न सरोकारवालाको सुझाव

वडिएफ घोषणा सूचीमा विष्णुपुरप्रमको नामदर्ता नियमित रुपमा चर्पी प्रयोग गर्न सरोकारवालाको सुझाव

बद्री नारायण यादव ,सिरहा, २५  भाद्र  । खुल्ला दिशामुक्त अभियान तिब्रता लिइरहेसँगै विष्णुपुरप्रमले शुक्रवार एक कार्यक्रम गर्दै खुल्ला दिशामुक्त गाविसको सूचीमा २२ औं स्थानमा नामदर्ता गराएका छन् । खुल्ला दिशामुक्त घोषणासभालाई सम्बोधन गर्दै अधिकांश वक्ताहरुले चर्पी बनाएर मात्र नहुने त्यसलाई नियमित रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिए । 

चर्पी निर्माणको स्तरलाई हेर्ने हो भने हालसम्मको सबैभन्दा बढि स्तरीय चर्पी विष्णुपुरबासीले बनाएको वक्ताहरुले बताए । सबै घरधुरीमा चर्पी बनिसकेपछि खुल्ला दिशामुक्त घोषणा गरिनु राम्रो पक्ष हो भने बनेको चर्पीलाई नियमित प्रयोग गर्दै पूर्ण सरसफाईका सूचक तर्पm अग्रसर हुनु त्यो भन्दा राम्रो कुरा भएको उनीहरुले तर्क राखे । 
घोषणासभामा स्थानीयहरुको उल्लेखनीय सहभागीता देखेर प्रमुख जिल्ला अधिकारी विजय नारायण मान्नधरले यस घोषणासभामा सहभागीता देखाए जस्तै पूर्ण सरसफाईको लक्ष्यमा पुग्न हुने विभिन्न खाले क्रियाकलापमा जुट्न स्थानीयहरुसँग आग्रह गरे । 
‘कुनै संस्थाले बाहिरबाट आएर केही समयको लागि कार्यक्षेत्र निर्धारण गरि सल्लाह सुझाव मात्र दिने हो,’प्रजिअ मान्नधरले भने,‘आफ्नो गाउँ आफै बनाउको नीति व्यवहारमा लागु गर्नु सबैभन्दा सवल पक्ष हुन्छ ।’ विष्णुपुरलाई पूर्ण सरसफाई बनाउन यहीँका युवा, नागरिक समाजका अगुवा, नेता, बुद्धिजीवी लगायत विभिन्न तहका व्यक्तिहरुले अगुवाई गर्नुपर्ने उनले सुझाव दिए । 
चर्पी निर्माणको क्रम र स्थानीयहरुको सक्रियताले आफुलाई हर्षित तुल्याएको जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी टुवराज पोखरेलले बताए । पूर्ण सरसफाईका सूचकहरु पूरा गर्न कार्यनीति बनाएर विष्णुपुरबासीले अघि बढ्ने क्रममा   सहयोगको खाँचो प¥यो भने श्रोत र साधनले भ्याएसम्म आफुले कुनै कसर नराख्ने उनले प्रतिबद्धता व्यक्त गरे । 
खुल्ला दिशामुक्त घोषणा गरिएका गाविसहरुका बासिन्दाहरु खुल्ला रुपमा शौच गर्दै आएको आफुनिर केही गुनासाहरु आएको नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाका सभापति राजदेव यादवले भने,‘ती गाविसहरु जस्तो नगर्न मेरो आग्रह छ ।’ खुल्ला दिशामुक्त अभियानलाई गाविस स्तरमा सफल बनाउन स्थानीयहरुले गरेको सहयोग अमूल्य रहेको उनले बताए ।  
खुल्ला दिशामुक्त गाविस घोषणा संख्या बृद्धि भइरहेसँगै चर्पीको स्तरीयतामा पनि बृद्धि भएको वक्ताहरुको भनाई उद्धृत गर्दै नेरेसोका सभापति यादवले भने,‘चर्पी निर्माणको स्तरमा बृद्धि हुनुमा यहाँको संस्था, युवा, नागरिक समाजका अगुवा लगायतका विभिन्न पक्षका व्यक्तिहरुको सक्रिय सहयोग गरेको छ ।’ दाता तथा स्थानीयहरुको सकारात्मक सहयोगलाई शब्दमा जतिसुक्कै व्यक्त गरे त्यो थोरै हुन जाने उनले विश्वास दिलाए । 
गाविस सचिव एवम् गाविस स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष रंजित दास कर्णको सभापतित्वमा भएको घोषणासभामा खानेपानी, सरसफाई डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहा, नेपाल पत्रकार महासंघका सिरहा सभापति देवकुमार यादव, राजपुर गाविसका पूर्व गाविस अध्यक्ष एवम् समाजसेवी जागेश्वर यादव, प्रध्यापक चन्देश्वर प्रसाद यादव लगायतका वक्ताहरुले खुल्ला दिशामुक्त घोषणा र पूर्ण सरसफाईको महत्वबारे आ–आफ्ना विचार व्यक्त गरे । 

वडा १ देखि ९ सम्म क्रमश ९०,६२,६४,१२१,९६,१११,७७,७९,१२३, गरी १ हजार १७ घरधुरी तथा गैरसरकारी संस्था, विद्यालय, स्वास्थ्य चौकी लगायत विभिन्न सार्वजनिक निकायमा चर्पी बनेर नियमित रुपमा प्रयोग हुँदै आएको गाविस सचिव एवम् भीवास सीसीका अध्यक्ष रंजितले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ । अभियान थाल्नु अघि ३ सय २९ अर्थात ३२.२५ प्रतिशत घरधुरीमा मात्र चर्पी प्रयोग भइरहेको उक्त प्रगति प्रतिवेदनले जनाएको छ । 
चर्पी निर्माण गति प्रदान गर्दै खुल्ला दिशामुक्त घोषणासम्म पु¥याउन युएन ह्यावी ट्याटको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सहजीकरण गरेको उनले बताए । नियमित रुपमा चर्पी प्रयोग भइरहेको वा भईनरहेको अवस्थाबारे बुझ्न स्थानीय सरोकारवालाको टोली खटाइने र खुल्ला रुपमा शौच गरेको पाइएमा समितिको निर्णय अनुसार दण्ड तोकिने बताइएको छ । 
विपन्नको घरमा यसरी बन्यो चर्पी
विपन्न वर्ग जहाँ पनि हुन्छ तर कतिपय समय टार्न बनावटि विपन्न वर्ग बनेको हुन्छ । चर्पी निर्माणको अवस्थामा बुझ्न घरदैलो टोलीलाई देख्ना साथ गैरजिम्मेवार व्यक्तिहरुले भन्ने गर्दछ, ‘हामीलाई पैसा छैन् कहाँबाट चर्पी बनाउने ? घरमा चर्पी बनाउछु तर बाहिर गएको अवस्थामा शौच लाग्यो भने कहाँ गर्ने ? जग्गाको अभाव छ चर्पी कसरी बनाउने ?’ त्यतिमात्र नभएर यस्ता थरिथरिका बनावटि प्रश्न गर्न थाल्छन् जबकि त्यसमा तुक र तर्क हुँदैन् ।
विपन्न वर्गको घरमा चर्पी कसरी बन्न ? बारे छलफल चलिरहेको अवस्थालाई स्मरण गर्दै नेरेसो सभापति राजदेवले भने,‘एउटा घरमा मैले चर्पी बनाउछु स्थानीय नथुनी महराले भन्यो । त्यसैगरी एक पछि अर्को चर्पी बनाउने दाता भेट्दै गयो ।’ उनले बताए अनुसार सहज रुपमा ११ घरमा चर्पी बन्यो । 
खुल्ला दिशामुक्त अभियानलाई सफल बनाउन गठित विभिन्न समितिहरुको बृहत सोधखोज र व्यपाक छलफलबाट विपन्न देखा परेका ती परिवारको घरमा चर्पी बनाउन स्थानीय बीरेन्द्र यादव, सत्यनारायण यादव, रामविलाश यादव, लक्ष्मण पासमान, बिन्देश्वर यादव तथा २ घरबासीलाई गाविस सचिव रंजित लगायत ११ जनाले विपन्न घरपरिवारलाई चर्पी बनाइदिएको नेरेसोका सभापति यादवले बताए । 

यसैगरी साना किसान कृषि सहकारी संस्था विष्णुपुरप्रमले आफ्ना ९ सय शेयर सदस्यहरुलाई चर्पी बनाउन सहयोग ग¥यो । संस्थाले २०६७ सालमै प्रतिघर परिवारलाई ८ वटा रिङ्ग, २ थान ढक्कन, सिट प्यान सहयोग गरेको प्रबन्धक उपेन्द्र कुमार यादवले बताए । ‘यो अभियानमा चर्पी बनाउन पूर्ण सहयोग गर्नु बेकार हो,’उनले भने,‘चर्पी बनाउन सामग्री बुझेर गएको महिनौं भइसकेपनि धेरैले चर्पी नबनाउदा बाध्य भएर प्रहरी परिचालन गराउनु प¥यो ।’ खुल्ला दिशामुक्त अभियानमा सक्रिय सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई दोसल्ला ओढाएर सम्मान गरियो । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment