/ , , , / चाडपर्वमा जुवा खेल्नेको अखाडा खोज्दै प्रहरी

चाडपर्वमा जुवा खेल्नेको अखाडा खोज्दै प्रहरी

भक्तपुर, १३ असोज । महानगरीय प्रहरी परिसर भक्तपुरले नजिकिँदै गरेको चाडपर्वको लागि विषेश सुरक्षा योजना ल्याएको छ । चाडपर्वमा हुने विभिन्न अपराधिक गतिविधलाई रोक्न विशेष योजना ल्याएको प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
प्रहरी प्रमुख बज्राचार्यले चाडपर्वको समयमा संस्कार मानेर जुवा खेल्ने परम्पराले गर्दा सामाजिक विकृति निम्तिएको भन्दै सोको न्युनिकरण गर्न जनचेतनाको आवश्यकता रहेको बताइन् ।
चाडपर्वको नाममा कहि कतै जुवा, कौडा खेलाउने गतिविध भएमा तुरुन्त प्रहरीलाई खबर गर्न समेत बज्राचार्यले आग्रह गरेकी छिन् ।

यसै गरी भक्तपुर नगरपालिका वडा नं। २ च्यामासिंह स्थित एकघरमा जुवाखेली रहेको अवस्थामा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको छ ।
बिकु नारायण तमखुको घरमा डेरा गरी बस्ने बिक्रम त्वयनाले मा जुवातास खेलाई रहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका २ बस्ने बर्ष ३३ को रामकृष्ण गनेजु, बर्ष ३० को रमेश कुटुव, बर्ष २८ को दिनेश गोसाई, बस्ने बर्ष २७ को बिजय पलीखेल भक्तपुर नगरपालीका १२ बस्ने बर्ष ३० को विकाश भेले, बर्ष २२ को विक्रम त्वयना ९कोठामा खेलाएको० रहेका छन् ।
यसैगरी कपिलबस्तु जिल्ला घरभई सोही स्थान बस्ने बर्ष २५ को अनिल अग्रहरी, भक्तपुर नगरपालिका ६ बस्ने बर्ष २९ को बिष्णु प्रसाद देसेमरु, सुरेन्द्र कुस्मा, भक्तपुर नगरपालिका १५ बस्ने बर्ष ३० को सत्यराम शिल्पकार, सुर्यविनायक नगरपालिका ७ बस्ने बर्ष ३० को बिकास खाटाखो पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट नगद रकम रु ९८ हजार २ सय १०, तास ९ बुक, खेलमा प्रयोग गरिएको सिमिको दाना प्रहरीले बरामद गरेको छ ।
उनीहरुमाथि जुवा ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारबाही भईरहेको जनाइएको छ । रातोपाटी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment