काठमाडौं ५ असोज । नेकपा एमालेका नेता सत्यनारायण मण्डलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भनेजस्तो संशोधन हुन नसक्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाले नेता मण्डलले मधेशी मोर्चाले भनेजसरी नागरिकताको प्रावधानमा संशोधन हुनै नसक्ने अडान लिए ।
उनले सत्तापक्षले संविधान संशोधनबारे चित्तबुझ्दो प्रस्ताव ल्याए एमालेले विचार गर्ने स्पष्ट पारे । मण्डलले थपे, ‘हाम्रो पार्टी राष्ट्र र जनताको हितमा छ, त्यसबाट दायाँबायाँ हुँदैन ।’
उनले अघि थपे,‘अहिले राष्ट्रिय राजनीतिबाट एमालेलाई एक्ल्याउने काम भैरहेको छ, एमाले पनि मधेश, पहाड र हिमालमै आधारित पार्टी हो ।’
No comments:
Post a Comment