/ , , , , , / हैजा फैलनुको मुख्य कारण जार र ट्याङ्करको पानी

हैजा फैलनुको मुख्य कारण जार र ट्याङ्करको पानी

काठमाडौं, भदौ २२ – तपाईं हामी धेरैजसोले पिउनका लागि जारकै पानी किन्छौ । तर जारको पानी किन्दा त्यसको लेबल र कम्पनीको बारेमा भने कमैले मात्र ख्याल गर्छौ । 
अझ जारकै पानी पनि एउटा पसलले एउटा र अर्को पसलले अर्कै मूल्यमा बेच्छन् । अस्वस्थ्य बजारको प्रतिस्पर्धाले गुणस्तर होइन सस्तोको खोजी र बिक्री हुन थालेको छ ।
कुन पसलले सस्तो दिन्छ भन्दै खोज्न जाने तपाईं हामी नै हो । यस्तै महंगोमा नै किनेपनि त्यसको लेबल हेर्दैनौं र रोगको भागिदार हुन्छौं ।
पहिले पहिले एउटै ठाउँमा बढी देखिने गरेको हैजा यसवर्ष फरक फरक ठाउँमा फैलिन थालेको पाइएको छ । त्यसको कारण हो पिउने पानी । डाक्टरका अनुसार उपत्यकाका तीनवटै जिल्ला काठमाण्डू, भक्तपुर र ललितपुरमा हैजाका बिरामी भेटिएका छन् । विगत पाँच वर्षको तथ्याङ्कमा ललितपुरमा हैजाका बिरामी अहिलेसम्मकै धेरै भेटिएका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताउनुभयो । 
काठमाडौंमा  हरेक वर्ष हैजा देखिन्छ । तर यसको कारण र रोकथामका लागि भने सरकारी प्रयास न्यून छ । उपत्यकामा बस्ती बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएको छ । जसले गर्दा धेरैजसोले किनेको पानी पिउन र खाना पकाउन प्रयोग गर्ने गरेका छन् । 
डा। पुनका अनुसार हैजाको प्रकोप फैलनुमा किनेको पानी सिधै प्रयोग गर्नु प्रमुख कारण हो । ट्याङकर र जारको पानी सिधै पिउने धेरैजसोमा हैजा भएको पुष्टि भएको उहाँले बताउनुभयो । यस्ता पानी शुद्धीकरण नगरीकनै सिधै खोला वा कुवाबाट भर्ने गरिएकाले हैजाको संक्रमण फैलन थालेको हो । हैजाको प्रकोप फैलिएसँगै रोकथाम गर्न चुनौती पनि बढेको डा। शेरबहादुर पुनले बताउनुभयो । 
किनेको पानी किन उमालेर खानु भन्ने मान्यताकै  कारण जोखिम बढेको उहाँको भनाई छ । हैजा लागेको केही घण्टा भित्रै विरामीले उपचार नपाए ज्यान जाने खतरा धेरै हुन्छ ।  
जार अथवा ट्याङकरको पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन डाक्टरको सल्लाह छ । आपूर्ति मन्त्रालयले ट्याङकर  व्यवसायी र पानी उद्योगीलाई सरसफाईको प्रयोजनका लागि प्रयोग गरिने पानी र खाना पकाउन तथा पिउन योग्य पानी छुट्टाएर बिक्री गर्न निर्देशन दिए पनि त्यो लागु हुन सकेको छैन । उपभोक्ताले देख्ने गरी लेबल टाँसेर पानी बिक्री गर्न दिईएको निर्देशनको व्यवसायीले अटेर गरिरहे पनि त्यसको अनुगमन र कारबाही हुन सकेको छैन । उज्यालो

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment