/ , , , , / विद्यालय नआई नियमित तलव खान्छन सरकारी प्राविका शिक्षक भौतिक निर्माण र छात्रवृतिको पैसा झवम

विद्यालय नआई नियमित तलव खान्छन सरकारी प्राविका शिक्षक भौतिक निर्माण र छात्रवृतिको पैसा झवम

समग्रसन्देश डट. कम.   सिरहा, असोज २ – जनजागृती प्राथमिक विद्यालय मठडाहीकुटी, मिर्चैया नपा १ का शिक्षक घर वसि वसि तलव खान्छन् । तीन कक्षा सम्म पढाईहुने सो विद्यालयका एकमात्र शिक्षक (निमित्त प्र.अ.) हरिवेव मण्डल विद्यालयमा उपस्थित नभएपनि  शिक्षा कार्यालयबाट नियमित तलव खानेगरेको खुलेको छ । विद्यालयमन अध्यक्ष समेते रहनुभएका बुलन मण्डललका अनुसार मण्डल शिक्षक नियुक्त भएदेखि नै विद्यालय नआउने गरेको बताउनु भयो । गाउँकै भएकोले उनी राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उहाँले बताउनु भयो ।
शिक्षक नआएपछि विद्यालयका कार्यालय सहयोगी रविन्द्र ठाकुरले आएका विद्यार्थीलाई पढाउने गरेको अध्यक्ष मण्डलले बताए । शिक्षक नआएपछि परिचरले नै विद्यार्थीहरुलाई पढाउने गरेको छ, मडलले सुनाउनु भयो ।
नियुक्ति भएदेखि नै शिक्षक मण्डल विद्यालयमा नआएपछि आफैले आएका विद्यार्थीहरुलाई सकेको पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गर्नु भयो ।  उहाँका अनुसार तीनवटै कक्षाका गरी जम्मा ६० जना विद्यार्थीछन्, नियमित १२÷१५ जना विद्यार्थी आउँछन् त्यसैलाई म पढाउँछु ।
स्थानीयले शिक्षक नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाईदिन शिक्षा कार्यालय र शिक्षा मन्त्रीसम्मलाई पटक अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीएले गुनासो गर्नुभयो । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनको विषयमा मलाई पनि कम्लेन आएको भन्दै उनको ठाउँमा चाडैं अर्को शिक्षक पठाउने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षक मण्डललाई विद्यालयमा गएर पठन–पाठन सुचारु गर्नु पटक–पटक निर्देशन दिएपनि उहाँले टेर्नु भएन, अव उहाँको ठाउँमा अर्को शिक्षक पठाउँदै छौं ।’
 भौतिक भूर्वाधार निर्माणको रकम झ्वाम
 विद्यालयलाई भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत कक्षा कोठा र शौचालय निर्माणका लागि रकम निकाशा दिएको भएनि काम पुरा नगरी रकम झ्वाम पारेको बताइएको छ । कक्षा कोठा निर्माणकोलागि आव ०६५÷६६ र ६६÷६७ मा पाँच लाख ५० हजार र शौचालय निर्माणकोलागि एक लाख ५० हजार दिएको भएपछि काम अधुरै रहेको शिक्षा कार्यालयले बताएको छ ।
जिल्ला शिक्षा कार्याल सिरहाका भौतिक योजना प्रमुख यन्जिनियर दिनेश कुमार यादवले काम सम्पन्न गरी फरफरक गर्न पटक पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत कुनै वास्ता नगरेको बताउनु भयो । कक्षा कोठाकोलागि जग बनाई फलामे पाइप ठड्याएर पाँच बर्षदेखि अरु काम नगरेको बताइएको छ । खाली फलामे पाइममात्र ठड्याएका कारण पाइमा खिया लागेर कामै नलाग्ने अवस्थामा पुग्न लागेको इन्जिनियर यादवले बताउनु भयो ।
स्थानीय वासिन्दा अघिल्लो सरकारको शिक्षा मन्त्री गिरिराजमणी पोखरेल असार १० गते सिरहा आएको बेला विद्यालयको हालत अवगत गराएको थियो । त्यतिवेला सँगै रहेको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोलाई एक साताभित्र अर्को शिक्षक पठाएर पठनपाठन व्यवस्थित गर्न निर्देशन दिनुभएको स्थानीय एक शिक्षकले जानकारी दिनुभयो ।
उहाँले मेरो विभिन्न काम हुँन्छ, म सधै विद्यालयमा वसेर कहाँ पढाउन सक्दिन, कहिले काही आएर एक आधघण्टा बस्ने गरेको दावी गर्नु भयो । उहाँले आफ्नो पढाउने मान्छे भएको भन्दै म नआउँदा पनि पठन पाठन प्रभावित नहुने जिकिर गर्नु भयो ।
दलित वस्तिको मध्य भागमा रहेको विद्यालयका सवै विद्यार्थी दलितमात्र रहेको बताइन्छ । यहाँ सदाय  (मुसहर), मण्डल र साफीको ७० भन्दा वढी घरपरिवार रहेको छ ।
विद्यालयमा हामी पुगेको वेलामा भने विद्यालय खाली रहेको थियो । परिचर ठाकुर विद्यालय नजीकैको एक भरमा भगवानको पुजा गराईरहेको थियो । हिलो र पानी भरीएको विद्यालयको प्रङ्गणमा भने भैंसी चरीरहेको थियो  । विद्यालमया पढाई नभएपछि विद्यार्थीहरु भने माछा मार्न कोदालो वोकेर हिडेका थिए ।
दलित छात्रवृति शिक्षककै खल्तीमा     

 
राज्यले दिदै आएको दलित छात्रवृतिको रकम समेत पाँच वर्षदेखि नदिएको अभिभावकहरुले बताएको छ । अभिभावकहरु हामी छात्र  वृति त पाउँदैनौं नै, हाम्रो नानीहरुको पढाइँ पनि हुँदैन भन्नुहुन्छ । शिक्षक मण्डलले भने आफ्नोमा छात्रवृति र पुस्तकको पैसा शिक्षा कार्यालयले नपठाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षा कार्यालयले पुस्तको लागि पैसा नपठाएपछि यो वर्ष आफ्नै खल्तीबाट सात हजार पाँच सयको पुस्तक किनेर विद्यार्थीलाई थिएँ ।’
यता शिक्षा कार्यालयको रेकर्डमा भने आव ०७२÷७३ मा ५१ जना विद्यार्थीको लागि छात्रवृतिवापत २० हजार चारसय, पाठ्यपुस्तक बापत सात हजार पाँच सय रुपैयाँ गएको देखाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment