/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


बाटो ग्राभेल गरेपछि स्थानीय खुसी

Posted: 03 Aug 2016 06:17 AM PDT

राम नारायण पंडित, सिरहा, १८ साउन । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख्य सडक र सहायक सडक सहित पाँच किलोमिटरमा ग्राभल भएको 'भौतिक पूर्वाधार, सडक मर्मत तथा ग्राभेल उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादवले जानकारी दिए । मूख्य सडकमा ट्रक तथा ट्याक्टरले ग्राभेल खसालेको भएपनि सहायक सडकहरुमा स्थानीय जनताले आफै ग्राभेल बोकेर लगेको यादवले बताए । उनीहरुले गरेको श्रमदानको पनि हिसाव गर्ने हो भने यसको लगानी झन बढ्ने यादवको भनाई रहेको छ । सडक बनेपछि सवै खाले सवारी साधनहरु सजिलोसँग हिड्न थालेका छन् । बाटो बनाउने क्रममा घरबाट निस्कने फोहर पानी सडकमा निकाल्न नपाउने स्थानीयले नियम नै बनाएका छन् । नगरपालीकाले कामको मूल्याङ्कन गरी चार लाख ५६ हजार ८ सय रुपैयाँ दिएको भएपनि आफूले चार लाख ६७ हजार सात सय रुपैयाँ खर्च गरेको यादवले बताए । तराइमा स्थानीय निकायको बजेट मनपरी गर्न उपभोक्ता बन्ने परिपाटी रहेको बेला यो काम भने नमुना भएको स्थानीय बताउँछन् । मिर्चैया नगरक्षेत्रमा यो आर्थिक वर्षमा राम्रो काम भएको भएपनि यो सडको काम नमुना भएको नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । यसैगरी सवै उपभोक्ता समितिहरुले काम गरे नगरको विकास चाँडो हुने नगर प्रमुख दासले विश्वास व्यक्त गरे ।

तीन बुँदे सहमतिपछि मधेसी मोर्चाको समर्थन दाहाललार्इ

Posted: 03 Aug 2016 08:54 AM PDT

ऑनलाइन सिरहा डटकम साउन १९ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकमा लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चालाई अब बन्ने सरकारको समर्थन रहने गरी ३ बुँदे सहमति भएको हो। सहमतिअनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई शहिद घोषणा गरिनेछ । त्यस्तै मधेसी दलहरुले राख्दै आएको संविधान संशोधनको मागलाई सुनुवाई गर्न संविधान संशोधनको प्रकृया अघि बढाइनेमा सहमति भएको छ । तेस्रो सहमतिअनुसार मोर्चाले प्रचण्डको नेतृत्वमा बन्ने गठबन्धन सरकारलाई समर्थन दिने रहेको नेताहरुले जनाएका छन् । तीन बुँदे सहमति भए पनि तत्काल मोर्चा सरकारमा भने नजाने मोर्चा आवद्ध दलका नेताहरुले जानकारी दिएका छन् । कांग्रेस-माओवादीको गठबन्धनले मधेसी मोर्चा सहितको संघीय गठबन्धनबीच सहमतिको साझा रोडम्याप तयार पार्न बैठक शीर्ष नेताहरु सम्मिलित बैठक संविधानसभाकै शंकर हलमा भएको थियो । तीन पक्षीय कार्यदल स्तरमा सोमबार अबेर रातिसम्म बसेको बैठक केही विषयमा सहमति नजिक पुगेपनि कतिपय विषय टुंग्याउन सकेको थिएन । शीर्ष तहमा भएको बैठक कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चा तथा संघिय गठबन्धनका उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका शीर्ष नेता सहभागी थिए । निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ । निर्वाचन कार्यक्रमअनुसार मंगलबार साँझ नै उम्मेदवारको सूची प्रकाशित हुनेछ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ । संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्या (दुई निलम्बितसमेत ५ सय ९५) को बहुमत (२ सय ९८ सदस्यको समर्थन) प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ । संसद भित्रको दोस्रो प्रमुख दल नेकपा एमालले प्रधानमन्त्री पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने भएको छ । स्थायी समितिको मंगलबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । 'एमाले अब जिम्मेवार प्रतिपक्षमा बस्छ उनले भने । पार्टी भित्र उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलको उपनेता सुवास नेम्वाङ कसैलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्तराष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेर २६ मिनेटमा प्रचण्डले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहनुभएको छ । समर्थकमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित नेकपा संयुक्तका सांसद जयदेव जोशी, अखण्ड नेपालका सांसद कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा रहेका छन् । मधेसी मोर्चासँग तीन बुँदे सहमति भएपछि उनीहरुले पनि समर्थनमा हस्ताक्षर गरेका छन् । प्रचण्डले आफ्नो जीवनकालमा तेस्रो पटक उम्मेदवारी दर्ता गराउनुभएको हो ।यसअघि २०६५ सालमा उहाले पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको थियो । जसमा ४६४ मत पाएर प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । २०६७ मा भएको निर्वाचनमा प्रचण्डले दोस्रो पटक उम्मेदवारी दिनुभएको थियो ।तत्कालीन संसदको नियमावली अनुसार कसैले पनि बहुमत पाउन नसक्ने स्थिति नभएपछि सात पटक निर्वाचन हुँदासम्म पनि कसैले बहुमत ल्याउन नसकेपछि उहाले उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।दोस्रो पटकको उम्मेदवारी असफल भए पनि तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएको छ । यस पटक एमालेले पनि आफ्नो उम्मेदवार नदिने निर्णय थियो । बुधबार बिहान ११ बजे हुने संसद्को बैठकमा उम्मेदवारको सूचना प्रस्तुत भई प्रस्तावक र समर्थकको समर्थनपछि ती सूचनामाथि सामूहिक छलफल र मतदानका आधारमा निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । संसदमा कांग्रेसको २ सय ७ र माओवादीको ८० (सभामुखले मतदान नगर्ने, एक निलम्बितबाहेक) सिट छ । गठबन्धनलाई आन्दोलनरत मधेसी मोर्चा (३९ सिट) ले समर्थन गर्ने जनाइसकेकाले दाहालका पक्षमा सहज बहुमत देखिन्छ । गठबन्धनलाई नेकपा (संयुक्त) लगायतका साना दलहरूले पनि समर्थन छ । बुधबार हुने निर्वाचनबाट दाहाल प्रधानमन्त्री चयन हुने निश्चित छ ।

बालुवाटारमा विरुवा रोपेर संसद पुगे प्रधानमन्त्री ओली

Posted: 03 Aug 2016 12:54 AM PDT

ऑनलाइन सिरहा डटकम साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवेश गरेको ९ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । ओलीका सहयोगीको दावी- ओलीले तीन कामको उदाहरण दिए यस अघिका प्रधानमन्त्रीहरु भन्दा फरक ओलीले छोड्नु अघी बालुवाटारमा विरुवा रोपेका थिए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर त्यहाँबाट बाहिरिएका हुन् । यसअघिका कुनै पनि प्रधानमन्त्रीले यस्तो काम गरेका थिएनन् । प्रधानमन्त्रीले बालुवाटार छोड्नु अघि सबै कर्मचारीलाई धन्यवाद दिएर भावुक बनाएका थिए । प्रधानमन्त्री निर्वाचन अघी संसद सचिवालयको सूचना अहिले संसद भवन नयाँबानेश्वरमा नयाँ प्रधानमन्त्री चयन हुने तयारी चलिरहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदको निर्वाचनका एक्ला उम्मेदवार रहेका छन् । सरकारमा जानै लागेका कमल थापा किन रोकिए ? प्रधानमन्त्री ओली प्रचण्ड भन्दा अघि नै संसद भवन पुगेका छन् ।

बाटो ग्राभेल गरेपछि स्थानीय खुसी

Posted: 02 Aug 2016 08:29 PM PDT

राम नारायण पंडित, सिरहा, १८ साउन । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख्य सडक र सहायक सडक सहित पाँच किलोमिटरमा ग्राभल भएको 'भौतिक पूर्वाधार, सडक मर्मत तथा ग्राभेल उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादवले जानकारी दिए । मूख्य सडकमा ट्रक तथा ट्याक्टरले ग्राभेल खसालेको भएपनि सहायक सडकहरुमा स्थानीय जनताले आफै ग्राभेल बोकेर लगेको यादवले बताए । उनीहरुले गरेको श्रमदानको पनि हिसाव गर्ने हो भने यसको लगानी झन बढ्ने यादवको भनाई रहेको छ । सडक बनेपछि सवै खाले सवारी साधनहरु सजिलोसँग हिड्न थालेका छन् । बाटो बनाउने क्रममा घरबाट निस्कने फोहर पानी सडकमा निकाल्न नपाउने स्थानीयले नियम नै बनाएका छन् । नगरपालीकाले कामको मूल्याङ्कन गरी चार लाख ५६ हजार ८ सय रुपैयाँ दिएको भएपनि आफूले चार लाख ६७ हजार सात सय रुपैयाँ खर्च गरेको यादवले बताए । तराइमा स्थानीय निकायको बजेट मनपरी गर्न उपभोक्ता बन्ने परिपाटी रहेको बेला यो काम भने नमुना भएको स्थानीय बताउँछन् । मिर्चैया नगरक्षेत्रमा यो आर्थिक वर्षमा राम्रो काम भएको भएपनि यो सडको काम नमुना भएको नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । यसैगरी सवै उपभोक्ता समितिहरुले काम गरे नगरको विकास चाँडो हुने नगर प्रमुख दासले विश्वास व्यक्त गरे ।

मर्यादित तथा लोकतान्त्रिक महासंघ बनाउन उमेद्वारी ः सुनुवार

Posted: 02 Aug 2016 08:22 PM PDT

राम नारायण पंडित, सिरहा, १८ साउन । सुनचाँदी व्यवसायको गुणस्तरीय काम गर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । महासंघको आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महादिवेशनको सन्दर्भमा सुनचाँदी व्यवसायी संघ, गोलबजार सिरहा सोमबार आयोजना गरेको अन्तकृया कार्यक्रममा अध्यक्ष सुनुवारले "नेतृत्वले उपत्यका बाहिरका व्यवसायीसँग सौताको व्यवहार गरेको" भन्दै देश भरीकै व्यवसायीले "मेरो संगठन हो" भन्ने व्यवस्थित संगठन बनाउन मैले अध्यक्ष पदमा उमद्वारी दिएको बताए । महासंघलाई पनि लोकतान्त्रिक बनाउनु पर्ने अध्यक्ष पदका प्रत्यासी सुनुवारले बताए । महासँघलाई सवै क्षेत्र, भाषा, जाती समुदायलाई समेटेर सामानुपातीक समावेसी वनाउनु पर्ने उहाँको तर्क रहेको छ । चुनावी अभियानको क्रममा देश दैडाहामा रहेका उपाध्यक्ष अर्जुन रसाइलीले लोकतान्त्रिक व्यवस्थामा यहाँको व्यक्ति अध्यक्ष बन्ने अरुठाउँको नपाउने भन्ने विषय हास्यास्पद भएको भन्दै अवको दिनमा उपध्यका बाहिरकै नेतृत्व जरुरी थिमभयो, त्यसैको विकल्पमा मोहन कुमार सुनुवारलाई समर्थन गरेको बताए । सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भरत अग्रबालको अध्यक्षतामा सम्पन्न अन्तक्रिया कार्यक्रमा केन्द्रय सदस्यहरु रामजी साह, बाबुराम विश्वकर्मा, चन्द्रकिशोर गौतमले मन्तव्य व्यक्त गरेका थिए । 
 केन्द्रय सदस्यमा अग्रवलको उमेद्वारी 
सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष भरत अग्रवालले आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महाघिवेशनको लागि केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । महासंघलाई समय सुहाउँदो समावेसी तथा सामानुपातीक बनाउने अभियानमा सक्रिय अध्यक्ष पदका प्रत्यासी मोहन कुमार सुनुवारलाई समर्थन गर्दै केन्द्रीय समितिमा उमेद्वारी घोषणा गरेको उनले अग्रवालले बताए । अग्रवालले अवको नेतृत्वले व्यवसायलाई मर्यादीत, व्यवस्थित तथा गुणस्तरीयमा जोड दिनुपर्ने बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment