Onlinesiraha-Nepali |
उपेन्द्र यादवद्वारा मधेशमा दुई प्रदेशको घोषणा Posted: 12 Aug 2016 06:02 AM PDT साउन २८ । हामी मधेशमा दुई प्रदेशको पक्षमा रहदै आएका छौं । राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा हामीले यसो भनेका हौं । हाम्रो माग त समग्र मधेश एक प्रदेश भन्ने थियो, तर विज्ञद्वारा प्रस्तावित ढाँचालाई हामीले पछ्याएका हौं । आज हामीले जनकपुरबाट झापादेखि नारायणी अर्थात चितवनसम्मको क्षेत्रमा तराई मधेश प्रदेश घोषणा गर्दैछौं । खाशमा यो पार्टीको संरचना हो । हामी संघीय संरचनापनि यही हुनुपर्छ भन्ने हिसावले पार्टीको संयन्त्र बनाउन लागेका हौं । यसअघि हामीले कपिलवस्तुमा नवलपरासीदेखि कञ्चनपुरको क्षेत्र समेटेर तराई थारुवान प्रदेश घोषणा गरिसकेका छौं । कुनै नेता विशेषले बनाएको संघीय संरचना संविधानमा लादिएको छ । स्वार्थले भरिएको संरचनाले संघीयताको मर्मलाई समेटेको छैन । त्यसैले हामीले तराई मधेशको भुभागमात्र समेटेर २ प्रदेशको पार्टी कमिटी घोषणा गरेका हौं । यो पार्टीको आन्तरिक संयन्त्र भएकाले मोर्चाका अन्य घटकसँग सरोकारको विषय होइन । मोर्चाले जस्तो प्रादेशिक संरचनाको कल्पना गरेको छ, हाम्रो पार्टी कमिटिपनि त्यस्तै बन्दैछ । |
जनकपुरमा करेन्ट लागेर दुईको मृत्यु Posted: 12 Aug 2016 05:59 AM PDT जनकपुर, साउन २८ ।जनकपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। जनकपुर उपमहानरपालिका–२४, मा बिजुलीको तार सर्ट भएर खस्दा करेन्ट लागेर १२ वर्षीय सुदिप महतो र ३२ वर्षीय मुरारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक्कासी विद्युत सर्ट भएर तार खसेपछि बाटोमा हिडिरहेका उनीहरुको जिउमा परेको थियो। पीडित पक्षले भने विद्युत प्राधिकरणको लापर्वाहीका कारण उनीहरुको मृत्यु भएको बताएका छन्। |
You are subscribed to email updates from OnlineSiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment