/ , , , , , / मर्यादित तथा लोकतान्त्रिक महासंघ बनाउन सुनुवारको उमेद्वारी

मर्यादित तथा लोकतान्त्रिक महासंघ बनाउन सुनुवारको उमेद्वारी

समग्रसंदेश डट.कम.
सिरहा,  १७ साउन । सुनचाँदी व्यवसायको गुणस्तरीयता कामगर्दै मर्यादित, व्यवस्थित र सुनिश्चित गराउन आफूले अध्यक्षपदमा उमेद्वारी घोषणा गरेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार सुनुवारले बताएको छ । महासंघको आगामी भदौ २४ र २५ गते हुने चौथो साधरणसभा तथा दोस्रो महादिवेशनको सन्धर्वमा सुनचाँदी व्यवसायी संघ, गोलबजार सिरहाले आयोजना गरेको अन्तकृया कार्यक्रममा अध्यक्ष सुनुवारले नेतृत्वले उपत्यका बाहिरका व्यवसायीसँग सौताको व्यवहार गरेको भन्दै देशभरीकै व्यवसायीले मेरो संगठन हो भन्ने व्यवस्थित संगठन बनाउन मेले अध्यक्ष पदमा उमद्वारी दिएको जनाए ।
युग सुहाउँदो महासंलाई पनि लोकतान्त्रिक बनाउनु पर्ने अध्यक्ष पदका प्रत्यासी सुनुवारले बताउनु भयो । महासँघलाई सवै क्षेत्र, भाषा, जाती समुदायलाई समेटेर सामानुपातीक समावेसी वनाउनु पर्ने उहाँको तर्क रहेको छ ।
बागमति अञ्चललाई मात्र ६० प्रतिशत सुन दिदै आएको विषय कोट्याउँदै सुनुवारले अवपनि एउटा अञ्जलमा ६० प्रतिशत र १३ वटा अञ्चललाई ४० प्रतिशत सुन वितरण प्रकृष फेरीनु पर्ने उनले बताए । यो सवैकोलागि उपत्यका बाहिरकै नेतृत्वको आवश्य देखेरै मैले उमेद्वारी घोषणा गरेको उनले जिकिर गरे ।
कुनै पनि व्यवसाय राज्यको नीति नियम अनुसार नै चल्नु पर्छ, वेला बखत अनुगमन पनि गरिनु पर्छ तर अनुगमन गर्ने नाममा राज्यले आतंककारीलाई जस्तो सुनचाँदी व्यवसायीस३ व्यवहार गरेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘हाम्रो व्यवसायको पनि अनुगमन गर्नु पर्छ, हाम्रा बाउ बाजेले आर्जेको व्यवसाय नै धराममा पर्ने गरी आतंककारीलाई जस्तो व्यहार राज्यले सुनचाँदी व्यवसायीलाई गर्यो ।’
मन्तव्यकै क्रममा गुणस्तर मापन गर्ने मेसीन महगोभएको हुँदा व्यवसायीहरुले लगानी गर्न नसक्ने भन्दै मेसीन खरिदमा राज्यले व्यवसायीलाई ५० प्रतिशत अनुदान दिनुपर्ने जिकिर गर्नुभयो ।
चुनावी अभियानको क्रममा देश दैडाहामा रहेका उपाध्यक्ष अर्जुन रसाइलीले लोकतान्त्रिक व्यवस्थामा यहाँको व्यक्ति अध्यक्ष बन्ने अरुठाउँको नपाउने भन्ने विषय हास्यास्पद भएको भन्दै अवको दिनमा उपध्यका बाहिरकै नेतृत्व जरुरी थिमभयो, त्यसैको विकल्पमा मोहन कुमार सुनुवारलाई समर्थन गरेको बताए । हामी सवैको प्रयासमा यो सम्भव भएको उनले बताउ ।
सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भरत अग्रबालको अध्यक्षतामा सम्पन्न अन्तक्रिया कार्यक्रमा केन्द्रय सदस्यहरु रामजी साह, बाबुराम विश्वकर्मा, चन्द्रकिशोर गौतमले मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष अग्रवालले आफ्नो आफूले पनि केन्द्रीय सदस्यको लागि उमेदवारी दिने घोषणा गरे । अध्यक्ष पदका प्रत्यासी सुनुवारलाई समर्थन गर्दै मेरो पनि केन्द्रीय सदस्यमा उमेदवारी रहने अग्रबालले सार्वजनिक गरे ।
व्यवसायी शुशिल अग्रवालले स्वागत गरेको कार्यक्रमको संचालन पत्रकार अर्नुन थपलीयाले गरेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment