समग्रसंदेश डट.कम. सिरहा, १९ साउन–सिरहामा लागु औषध खैरो हिरोइन सहित प्रहरीले एक इलाका प्रहरी कार्यालय मिर्चैयाको गस्ति टोलीले गोलबजार नपा ७ का २१ वर्षिय चन्दन विश्वकर्मालाई मिर्चैया–कटारी सडक अन्तर्गत मिर्चैया नपा ७ बख्रीबजारबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
विशेष सुराकीको आधारमा चन्दन फेला परेको इलाका प्रमुख डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार आफूहरुले यो क्षेत्रमा हिरोइनको कारोवार भईरहेको भन्ने जानकारीमा आएपनि आफै प्रयोग कर्ता वनेर कारोवारीसम्म पुग्ने प्रयास गरिरहेको वेला २.२० ग्राम खैरो हिरोइन सहित चन्दन पक्राउ परेको हो ।
पूर्वी नेपालको काकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्कीबाट मागको आधारमा लागुपदार्थ ल्याई सिरहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगाएतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाई रहेको छ ।
सडकमा हिडीरका शंकाको आधारमा मंगलबार राती पक्राउ परेका चन्दनले पक्राउ पर्नासाथ प्लास्टीकमा स–साना पोको झाडी फालेका थिए ।
प्रहरीले धेरैवेर लगाएर खोजेपछि ती पोको फेला परेको जनाएको छ ।
पक्राउ परेका चन्दनलाई लागु औषध कारोबार ऐन २९३३ बमोजिम कार्वाही अघि बढाउने जनाएको छ ।
यसैविच मिर्चैया प्रहरीले चोरीको मोटरसाइकल सहित दुईयुवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नपा ५ का हेमराज मगर र केवल मगर रहेका छन् ।
गोलबजारनपा–७ का उदय नारयण साहको ना. १४ प ५९९८ नम्रको मोटरसाइकल प्रहरीले मिर्चैया कटारी सडकको जिवाबाट आज विहान पक्राउ गरेको हो ।
चोरीको मोटरसाइकलको नम्वर फेरेर कटारी तर्फ गईरहेको वेला संकाको आधारमा रोकी खानतलासी गर्दा उनको झोलामा रहेको नम्वरप्लेटको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
चोरहरुले मोटरसाइकल चोर्नासाथ त्यसको नम्वरप्लेट फेरेर कटारीतर्फ लगिरहेको थियो ।
पक्राउ पर्ने अवस्थामा मोटरसाइकलको नम्वर बा ९ प ५९९१ रहेको थियो ।
याता चोरीको बिगबिगी पनि उतिकै बढेको स्थानियहरुले गुनासो पोखेका छन । गोलबजार ना.पा. बाट ४ मोटरसाईकल र जेनेरेटरको ५ मोटर ९ डेनबो ० सहित चोरी भैसकेको स्थानिय पिडित संतोष साहले गुनासो पोखेको छ ।
साहका अनुसार स्थानिय प्रसाश्न सक्रिय नहुदा चोरीको बिगबिगी बढेको बताए । चोरहरु मोटरसाईकल प्रयोग नगरी अब चारचच्का प्रयोग गरि चोरी गर्नथालेको उहाँले बताउनुभयो ।
Home /
Apradh Khabar
,
Breaking
,
Headline1
,
National
,
social
,
Socity
,
Special News
/
अबैध लागुओषध खैरो हिरोइन सहित विक पक्राउ, चोरीको बिगबिगी बढदै
No comments:
Post a Comment