विजयपुर, योगेशबाबु काफ्ले । धरानमा यौन दलालहरुले सङ्गठितरुपमै काम गर्ने गरेको नयाँ तथ्य फेला परेको छ । उनीहरुले खासगरी निम्न आय भएका र पहाडी जिल्लाका किशोरी र युवतीहरुलाई प्रभावमा पारेर जबर्जस्ती यौनजन्य गतिविधिमा प्रयोग गर्ने गरेको पाइएको हो ।यौन दलालहरुले विराटनगर, इटहरी र धरानका गन्नेमान्नेहरुकै लागि युवती मिलाइदिने गरेको पाइएको छ । पछिल्लो समय भारतीयहरुसँग यौनजन्य क्रियाकलापका लागि पनि युवतीहरु पठाइदिने गरेको रहस्य खुलेको हो । निम्न आयस्तर भएका र पहाडी जिल्लाका युवतीलाई महिनाको ६० हजार रुपैयाँसम्मको जागिर दिने भन्दै फकाएर ल्याउने गरेको र जबर्जस्ती यौन कार्यमा प्रयोग गर्ने गरेको पीडितहरुले बताएका छन् । युवतीहरुको बयानका आधारमा धरान प्रहरीले यौन दलालहरुको लिष्टनै तयार पारेको छ । पीडित किशोरीहरुले आफुहरूलाई विराटनगर, इटहरी, धरानका मान्छेहरुसँग घुम्न जानू भन्दै पठाउने गरेको र त्यसवापत् १५ सय मात्र दिने गरेको बताएका छन् । ‘हामीलाई लानेहरुले १० हजार बुझाउँदा रहेछन्, हामीलाई १५ सय मात्र दिन्थे’, उर्लाबारीकी एक युवतीले भनिन्, ‘दिनभरी होटलमा वेटर काम गर्न लगाएर साँझमा मान्छेहरुसँग पठाउँथे ।’ आफु वेटर काम मात्र गर्ने भन्दाभन्दै पनि जबर्जस्ती मान्छेहरुसँग पठाएको उनले बताइन् ।अर्की एक युवतीले पनि आफुलाइ धरानका एक होटल सञ्चालकले वेटर काम गर्न बोलाएर भारतीयहरुसँग भेडेटार पठाएको बताइन् । यस्तै भोजपुरकी एक युवतीले पनि आफुलाइ कपडा पसलमा काम लगाइदिन्छू भन्दै बोलाएर मान्छेहरुसँग पठाएको बताएकी छिन् । प्रहरीले उनीहरुको बयानका आधारमा दलालहरुलाई खोजी गरिरहेको छ ।यौन दलालहरुले भारतीय तथा नेपालीलाईनै युवती मिलाइदिने भन्दै मोटो रकम दिने गरेको किशोरीहरुको बयानबाट स्पष्ट हुन्छ । केही महिनाअघि भेडेटारछेउमा भारतीय गाडी दुर्घटना हँुदा दुईजना युवतीपनि घाइते भएका थिए । उनीहरुलाई पनि दलालहरुलेनै भारतीयहरुसँग पठाएको पाइएको छ । किशोरीहरुलाई प्रेमको नाटक गरेर फसाउने एकजना फरार रहेको प्रहरीले जनाएको छ । धरानकी रेश्मा गुरुङ र जोन भन्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । युवतीहरुलाई प्रेमको नाटक गरेर फसाउने सन्तोष साह भन्ने व्यक्ति फरार छन् ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले ‘यौन दलाल’ विरुद्ध अप्रेशन थाल्ने बताएका छन् । ‘केही दिनभित्रैमा केहीलाई नियन्त्रणमा लिन्छु’, खतिवडाले भने । युवतीहरुको बयानअनुसार यौन दलालीमा धरानका केही व्यापारीका श्रीमतीहरु पनि संलग्न रहेको रहस्य खुलेको छ । पीडित युवतीहरुले ब्लाष्ट संवाददातासँग आपूmहरुको नाम गोप्य राखिदिन आग्रह गर्दै भने, ‘हामीलाई यसरी फसाउनेलाई कारवाही हुनुपर्छ ।’
यौन दलालको चङ्गुलबाट भागेकी एक किशोरी ब्लाष्टस“ग भन्छिन्–
धरानका एक युवाले बारम्बार सम्पर्क गरेका थिए । बिस्तारबिस्तारै प्रेम गर्छु भन्दै भेट्न पनि गए । पछि उनले अब दुईजना मिलेर काम गर्नुपर्छ, महिनाको ५०÷६० हजार कमाइ हुन्छ भन्दै धरान बोलाए । परिवारको आर्थिक अवस्थापनि कमजोर भएकाले काम गर्न जान्छू भन्दा परिवारले अनुमति दिए । धरानमा आएर एउटा होटलमा वेटर काम लगाए । काम गर्न थालेको भोलिपल्टै ग्राहकसँग सुत्न पठाए । म त्यस्तो काम गर्दिनँ भन्दै भाग्न खोजें, तर मलाई छाडेनन् । मलाई असह्य पीडा भयो, रातभरी रोएर बसें । भोलिपल्ट होटलका साहुले १० हजार रुपैयाँ घरमा पठाऊ भन्दै दिए । घरको अवस्था सम्झिएर फर्किएर जाने आँट आएन । म सोच्दै नसोचेको खाडलमा फसे । अब फर्केर पनि धरान आउँदिन । मलाई फसाउने हरुलाई कारबाही भएको सुन्न चाहन्छु । धरान फर्केर पनि आउँदिन, सकभर धरानको नामनै सुन्न नपाए हुन्थ्यो ।
No comments:
Post a Comment