चितवन, १३ भदौ । चितवनको मेघौलीमा करेन्ट लागेर गैंडा मरेको घटना विरुद्धको मुद्धामा जिल्ला अदालत चितवनले २ भारतीय सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधिस टेक नारायण कुँवरको ईजलासले आज उक्त आदेश दिएको हो ।
गैंडा मुद्दामा अर्का एक जनालाई ५० हजार धरौटीमा रिहा गरेको छ भने अन्य ४ जनालाई शुद्ध तारेखमा छाडिएको जिल्ला अदालत चितवनका सुचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिए ।
यसरी थुनामा जानेहरुमा भारत केरलाका दिपु शशी, उत्तराखण्डका रितेक भट्ट तथा चितवनका सुनिल महत्तो र जिवन महत्तो छन् । यस्तै सो मुद्धामा सुवास गदाललाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको बरालले बताए । शुद्ध तारेखमा छुटेकामा विकास दराई, विरजा महत्तो, बुधराम चौधरी र ग्रिजलाल कछडीया रहेका छन् ।
चौधरी ग्रुपले सञ्चालन गरेको होटल मेघौली सेराई अगाडी यही साउन २४ गते छाडिएको करेन्ट लागेर एउटा बयस्क पोथी गैंडा मरेको थियो । त्यही घटनाका दोसी ठहर गर्दै निकुञ्जले होटलका ९ जना कर्मचारी विरुद्ध जिल्ला अदालत चितवनमा भदौ ७ गते चितवन निकुञ्जले मुद्धा हालेको थियो ।
मुद्दामा शुक्रबारबाट थुनछेक बहस शुरु भएको हो । प्रतिवादीका तर्फबाट बार एसोसिएसनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शम्भु थापा, शुशिल कुमार पन्त, अधिवक्ता विजयकान्त मैनाली तथा मेघराज पोखरेल र शार्दुल थापाले बहस गरेका थिए । यस्तै चितवनका अधिवक्ता कमलराज पाठक, चुडामणि सापकोटा, प्रकाश थपलिया र नन्दलाल महत्तोले समेत प्रतिबादीकातर्फबाट बहस गरेका थिए ।
नेपालको संविधान २०७२ संसोधनपछि जिल्ला अदालत चितवनमा गैंडा सम्बन्धी मुधा दर्ता भएको यो पहिलो हो । मुधा वन्यजन्तु संरक्षण ऐन २६ को उपदफा १ अनुसार दर्ता भएको चितवन निकुञ्जले जनाएको छ ।
No comments:
Post a Comment