समग्र संदेश सम्वादाता सिरहा, ०२ मंसिर । सिरहाको मिर्चैयामा आज ( बिहिबार ) उधोग बाणिज्य संघ र मिर्चैया नगरपालिकाको सहकार्यमा सरसफाई तथा फोहोरमैला ब्यबस्थापन कार्यक्रम आज देखि सुरु गरेको छ । स्वच्छ मिर्चैया स्वस्थ्य मिर्चैया नाराका साथ सरसफाई सम्बधि गितसंगित बजाई कार्यक्रम सुरु गरको थियो कार्यक्रम मिर्चैया बजार देखि सुरु गरी मिर्चैया थाना चौकमा पुगि सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो हप्ता आज सरसफाई तथा फोहोरमैला ब्यबस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रतिनिधि, उधोग बाणिज्य संघ , इलाका प्रहरी कार्यालय र सशस्त्र सिमा सुरक्षा बल बेश क्याम्प नेपाली सेनाका साथै स्थानिय बुद्धिजिबि, नागरिक समाज, पत्रकार लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको मिर्चैया न.पा खरेदार राजगिर यादबले जानकारी दिनुभयो ।
सरसफाई पश्चात मिर्चैयाको थाना चौकमा कार्यक्रमलाई सम्पन्न गर्दै मिर्चैया नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले समपुर्ण मिर्चैया नगरबासिले दिनको कम्तिमा बिहान १० मिनेट सरसफाई तथा फोहोरमैला ब्यबस्थापनमा समय दिई स्वच्छ मिर्चैया स्वस्थ्य मिर्चैया अभियान लाई सफल पार्न आग्रह गर्नभयो । उहाले भन्नुभयो मिर्चैया नगरपालीकालाई स्वच्छ मिर्चैया स्वस्थ्य मिर्चैया बनाउन प्रत्येक बिहिबार बिहान ७ बजे समपुर्ण मिर्चैया नगरबासि एकजुट भई सरसफाई तथा फोहोरमैला ब्यबस्थापनगरे एक बर्ष भित्र मिर्चैया नगरपालीकालाई स्वच्छ मिर्चैया स्वस्थ्य मिर्चैया घोषना गरिने दाबी गर्नभयो ।
No comments:
Post a Comment