
करिब साता दिन अघि परेको लगातारको वर्षाले तराईको जिल्लाहरु डुवानमा परेको तथा घरहरु पानी पसेको, घर खसेको र सम्पुर्ण खाद्यान्न सामग्रीहरु न्ष्ट भएपछि तत्काल राहतका लागि विभिन्न सामग्री संकलन गरी सप्तरी लगायत डुवानमा परेको जिल्लाहरुमा विभिन्न संघ संस्था तथा आम नागरिकहरुले सहयोग गर्दै आएको छ ।
हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमले सप्तरीको रमपुराका बाढी पिडितहरुलाई विभिन्न १२ वटा खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । स्याउ, नास्पाति, च्युरा, मुरही, दालमोट, चाउचाउ, विस्कुट, पाउरोटी, सोयाविन, नुन, पानी र भुटेको चिउरा वितरण गरिएको बाढी पिडित खाद्यान्न संकलन तथा वितरण समितिका संयोजक दिपक कुमार मिश्रले जनाएका छन् । हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमको संयुक्त आयोजनामा भएको संकलन अभियानले समितिले जनकपुरबाट शुरु गरेको बाढी पिडित राहत संकलन अभियान बिहिबार, शुक्रवार र शनिवार र आईतवार गरी करिब ५० हजार नगद र विभिन्न सर–सामग्रीहरु लिएर सप्तरीको रमपुरा गएका थिए । जनकपुरको विभिन्न स्थानहरुमा हेल्पिङ ह्याण्डस नेपाल र मिथिलाको अनुपम डेगका पदाधिकारीहरु सहित युवा पत्रकारहरुको एक टोलीले जनकपुर लगायत महोन्द्रनगरबाट समेत सहयोग गरेको सदस्य सुदिप कुमार शर्माले जानकारी दिएका छन् । सहयोगको क्रममा पिक अप गाडी भ्यान जानकी नगरका रामनारायण साहले निःशुल्क रुपमा गरेको थियो । अभियानमा संयोजक मिश्रसंगै गोविन्द महतो, नेहा झा, सुदिप कुमार शर्मा, विन्द किशोर साह, शैलेन्द्र महतो (क्रान्ति), रामएकवाल महरा, अमरेन्द्र कुमार यादव सहितका युवाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । यसैगरी प्रतिभा झा, अभिषेक झा, रामनारायण पण्डित, शशिता क्रान्ति, बटुकनाथ झाले सहितका संकलनमा सहयोग गरेका थिए ।

No comments:
Post a Comment