सिरहा, साउन २९ । ‘घरघरमा चर्पी लालपुरको शान, पूर्ण सरसफाई हाम्रो अभियान’ नाराका साथ गोलबजार नपा –२ लालपुर खुल्ला दिसामुक्त क्षेत्र घोषण भएको छ । प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पानसमा बत्ति बालेर घोषणा कार्यक्रमको उद्घाटन गर्दै सिरहालाई खुल्ला दिसामुक्त सवैको समन्वय सहकार्यको आवश्यकता रहेको बताउनु भएको छ ।
सिरहाजस्तो विभिधतायुक्त जिल्लामा खुल्ला दिसामुक्त जिल्ला बनाउन चुनौतिपूर्ण रहेको भन्दै त्यसको लागि सवैपक्षको सहकार्य र सम्वन्वयको आवश्यकता रहेको बताउनुभयो । यस्तो चुनौतिको अवस्थमा पनि गोलबजार नगरपालीकाले अथक मेहनत गरेर नगरपालीकाको दोश्रो वडाको रुपमा लालपुरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणागरेर उद्हारणीय काम गरेको भन्दै खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय विकास अधिकारी टुवराज पोखरेलले प्रतिबद्धतापत्र पढेर सुनाउनु भएको थियो । स्थानीयले खुल्ला ठाउँमा दिसा नगर्ने, गरे पाँच सय देखि दुई हजारसम्म जरिवाना तिर्ने प्रतिबद्धता जनाएका छन् ।
सोही क्रममा गोलबजार नगरपालीकाका कार्यकारी प्रमुख राजकुमार दासले स्थानीय वासिन्दाले देखाएको उत्साह र जागरको सरहाना गर्दै खुल्ला दिशामुक्त वडा वनाउन मेहनतगर्ने सम्पूर्णलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।
वडास्तरीय खानेपानी सरसफाई तथा स्वक्षता समन्वय समिति, गोलबजार नपा २ का अध्यक्ष बौद्धनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, नागरिक समाज, तथा संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्थानीय बाल क्लवका कलाकारहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।
No comments:
Post a Comment