Onlinesiraha-Nepali |
उतरायणी मेला हेर्न गएको एक युबकको कमला नदिमा बगेर मृत्यु, तीन बेपता Posted: 25 Jul 2016 04:08 AM PDT राम नारायण पंडित, सिरहा, १० साउन ।कमला नदीको बाढीमा बगेर एक जनाको ज्यान गएको छ,भने तीन जना बेपता भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ज्यान जानेमा महात्तरी बर्दिवासका २१ वर्षिय मनोज योगी रहेका छन् । साउने सोमवारीको अबसरमा मेला हेर्न सिरहाको उत्तरायणी जाने क्रममा ४ जना युवाहरु धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदिमा बगेको प्रहरीले जनाएको छ । बगेर आएका योगीको शव बन्दिपुरदेखि करिव ५ किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । बेपता हुनेमा महोत्तरी वर्दिवास १६ का १७ वर्षिय सुरज तामाङ, १६ वर्षिय धर्मराज बलम्पाकी मगर र गौशलाका १७ वर्षिय शिवशंकर ठाकुर रहेको प्रहरीले जनाएको छ । उनीहरुका आफन्तले आफ्ना छोराहरु अझै सम्पकर्मा नआएको भन्दै प्रहरीलाई खोजी दिन आग्रह गरेको जनाएको छ । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको जनाएको छ । उनीहरु आफन्तको सम्पर्कमा पनि नआएको र शव पनि फेला नपरेको हुँदा उनीहरुको अझै खोजी भईरहेको बताईको छ । खोजी कार्यमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र उनीहरुका आफन्तहरुपनि सक्रिय रहेको बताइएको छ । यता, शवको पोष्टमार्टमको लगि जिल्ला अस्पताल सिरहा पठाईएको छ । |
Posted: 24 Jul 2016 08:36 PM PDT राम नारायण पंडित,सिरहा साउन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । खास गरेर असल श्रीमान पाउँने उद्ेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरुले बताउँछिन् । महिलाहरु हातमा मेहन्दी, चुड्ी र हरियो बस्त्रमा अहिले नव दुल्ही झै सजिएकी छिन् । साउन महिनामा भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा महिलाहरुले लिने गरेकी छिन् । अहिले महिलाहरुको पहिरन पनि रातो, पहेँलो र हरियो मात्र रहेको पाईन्छ । कुर्ता सुरुवाल र हरियो सारीमा सजि हातमा विभिन्न डिजाइनका मेहन्दी लगाउने महिलाहरुको पनि कमी छैन् । साउन महिनाको प्रत्येक सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुषहरु बमहरुको घुइँचो लाग्ने गरेकोले उक्त दृश्य साउन महिनालाई थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । साउन महिनामा सबै दुखः कष्ट बिर्सेर रातो मेहन्दी र हरियो चुड लगाई सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । "साउन महिनामा मेहन्दी, हरियो चुड र रातो पहेलो कपडा लगाई व्रत बस्नाले चाहको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ" उनीहरुले बताउँछिन् । अविवाहित युबतीहरु असल श्रीमान पाउँन र विवाहितहरु श्रीमान र संतानको दिर्घायुका लागि ब्रत बस्ने गरेको बताईन्छ । हरियो चुडा, मेहन्दी र हरीयो कपडामा सजिनेहरुमा कलेजमा अध्ययनरत युवतीहरुको संख्या पनि उल्लेखय रहेको छ भने विद्यालय स्तरको छात्राहरु पनि त्यही किसिमले सजिएकीे छिन् । यति मात्र कहाँ हो र भर्खरै विबाह गरेको महिला होस या प्रौढ सबै अहिले चुडा, मेहन्दी र नयाँ कपडा लगाई नब कनिया जस्तै सजिएकी छिन् । साउँनमा सोमबारी पुरुषहरुले पनि गरिरहेको भएपनि महिलाको संख्या बढि रहेको पाइन्छ । अविवाहित पुरुषहरुले आफुले सुन्दर सुशिल स्त्री पाउन र विवाहित पुरुषहरु सन्तानको सुख शान्ति प्राप्त होस भन्दै साउँन महिनामा सोमबारी ब्रत बस्ने गरेका छन् । भगवान शिवलाई दुध, जल, बेलपत्र, धुथुर र हरियो पुजा सामग्रीहरु मन पराउने भएकोले साउन महिनामा परेका सोमबारका दिन शिवालयहरुमा श्रद्धालुभतmजनहरुले उतm बस्तुहरु चढाई पुजा अर्चना गरिरहेका छन् । माता पार्वती साउन महिनामा शिवको पूजा गरेकोले शिवलाई पतिको रुपमा पाएको मान्यता रहि आएको ग्रन्थहरुमा उल्लेख रहेका छन् । धेरैजसो साउन महिना भरि माछा मासु र अशुद्ध मानिएको समानहरु बर्जित पनि गरेको पाइन्छ । सोमबारी पर्बको लिई अहिले व्यापार व्यव्सायमा पनि वृद्धि भएको व्यापारीहरुको भनाई रहेको छ । यता, अहिलेको समयमा आएर बोलबम पनि एउटा फैसन जस्तै भईसकेको छ । बोलबमको नाममा अत्याधिक मादकपदार्थ सेवन गरि होहल्ला गर्ने देखि लिएर उच्छृ्रंखल गतिबिधिको साथै अनैतिक क्रियाकल पनि हुने गरेको पाइन्छ । यस्तो कार्यलाई "यथासिध्र रोक्नु पर्छ नत्र यसले भोली गएर अर्को रुप पनि लिन सकिन्छ । यो धर्म माथिको ठाडो प्रहार हो ।" "आफ्नो धर्म सांस्कृतिलाई आफैले जर्गेना गर्नु पर्छ र बचाएर राख्नु पर्छ । |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment