Onlinesiraha-Nepali |
- मधेसी जनता को योगदान खेर जने संकेत ,मधेसी दल प्रचण्डको कब्जामा
- सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई
- ओलीको समर्थनमा युवाहरु यसरी सडकमा ओर्लिए (फोटो फिचर)
- अब के गर्ने होला केपी शर्मा ओली
मधेसी जनता को योगदान खेर जने संकेत ,मधेसी दल प्रचण्डको कब्जामा Posted: 15 Jul 2016 08:28 AM PDT माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छादरबीच छलफल नयाँ सरकार गठनका विषयमा छलफल भएको छ । शुक्रबार विहान प्रचण्ड निवासमा नयाँ सरकार निर्माणका विषयमा दुई अध्यक्षबीच छलफल भएको प्रचण्डका निजि सचिवालयले जनाएको छ । प्रचण्डले गच्छदारलाई अविस्वास प्रस्तावमा सहमति जनाउन आग्रह गरेकोमा गच्छदारले पार्टीभित्र छलफल गरेर जवाफ दिने बताए । यता गच्छदार निकट श्रोतका अनुसार छलफलमा गच्छदारले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रचण्डलाई आग्रह गरेका थिए । छलफलमा गच्छदारले प्रचण्डलाई मधेशी मोर्चासमेटेर सरकार निर्माण गर्न आग्रह गरे । मधेशी मोर्चाका नेताहरुसँग आफुले पनि छलफल सुरु गरेको गच्छदारले बताउँदै प्रचण्डलाई मधेशी मोर्चालाई जसरी पनि सरकारमा ल्याउन आग्रह गरे । यता फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य कपलेश्वर यादवले राष्ट्रिय सहमतिको सरकारमा जाने विषयमा पार्टीभित्र तीब्र छलफल भइरहेको हुलाकी न्यूजलाई बताएका छन् । |
सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई Posted: 15 Jul 2016 07:57 AM PDT ![]() |
ओलीको समर्थनमा युवाहरु यसरी सडकमा ओर्लिए (फोटो फिचर) Posted: 15 Jul 2016 01:32 AM PDT ऑनलाइन सिरहा डटकम असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरु सडकमा ओर्लेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादीले अविश्वासको प्रस्ताव ल्याएपछि ढगमगाएको ओली सरकारका पक्षमा सयौ युवाहरु सडकमा आएका छन् । राजधानीको बानेश्वरदेखि माइतीघरसम्मा युवाहरुले जुलुस नै निकालेका छन् । ओली सरकारले आशाका किरण देखाएको उल्लेख गर्दै उनलाई निर्विवाद काम गर्न दिन उनीहरुले माग गरेका छन् । कुनै पार्टीको आयोजनामा नभई स्वतन्त्र युवाहरुको समुहले जुलुस निकालेको हो । आज दिउँसा ३ बजे स्वतन्त्र युवा समुहले माइतिघर मण्डलामा कार्यक्रम समेत आयोजना गर्ने भएको छ । 'आई एम विथ केपी ओली' भन्ने भेष्टमा नारा लेखेर युवाहरु सडकमा आएका छन् । सडकमा ओर्लेेका युवाहरुका माँझ एमाले भात्रृ संगठनका कुनै पनि नेताहरु सहभागि भएका थिएनन् । |
अब के गर्ने होला केपी शर्मा ओली Posted: 15 Jul 2016 01:09 AM PDT गच्छेदार पनि राजीनामा दिँदै, प्रम ओलीसँग पूर्व पञ्च र संघीताविरोधी मात्रै बाँकीऑनलाइन सिरहा डटकम असार ३१ । सत्तारुढ गठबन्धनबाट फोरम लोकतान्त्रिक पनि बाहिरिने भएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजय कुमार गच्छेदारले सरकार छोड्ने अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रीमण्डलमा पूर्व पञ्च र संघीयताविरोधीहरुको मात्रै बाँकी रहने देखिन्छ । फोरम लोकतान्त्रिक बाहेकका ओली मन्त्रीमण्डलका अन्य साना दलहरुले समेत प्रधानमन्त्री ओलीलाई साथ नदिने देखिएकोे छ । व्यवस्थापिका संसदमा मधेशी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का १४ जना सदस्य रहेका छन् । फोरम लोकतान्त्रिक श्रोतका अनुसार, राष्ट्रिय सहमतिका पक्षमा सहयोग गर्न फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग माओवादी र कांग्रेसले छलफल गरेका छन् । छलफलमा गच्छेदारले आफूले ओली सरकार गठन हुँदा समेत सहमतीय सरकारका लागि नै पहल गरेको र मधेसी मोर्चासँग असहमति राखेर समेत संविधानको कार्यान्वयनका लागि सरकारमा सहभागी भएको बताएका थिए । "म जहिले पनि संविधान कार्यान्वयनका लागि नै संघर्ष गर्दै आएको हो । तपाईहरुले पहल गर्नुस् म तपाईहरुसँगै हुनेछु" गच्छेदारले देउबा र प्रचण्डसँगको भेटमा भनेको श्रोतले जनायो । ओली सरकार गठन हुँदा प्रचण्डको पहलमा गच्छदार सरकारमा सहभागी भएका थिए । माओवादी केन्द्रसँगै सरकारबाट बाहिरन खोजेपनि संगठनात्मक जटिलताले त्यसो गर्न नसकेको गच्छेदारले बताएका थिए । "सरकारमा सहभागी हुँदा मधेसी दल आन्दोलनमा थिए । त्यतिखेर उनीहरुसँग छुट्टिएर म सरकारमा आएँ" गच्छदारको भनाई उद्दृत गर्दै श्रोतले भन्यो, "अहिले सरकार छोड्दा यो कुराले अप्ठ्यारो पर्ने भयो भनेर माओवादीसँगै छोड्न सकिन" उनले भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गच्छेदारले ओली सरकारले संघीयता र संविधानका अन्य प्रावधान कार्यान्वयन गर्न नसक्ने स्पष्ट पारेका थिए । "ओलीलाई बारम्बार आग्रह गर्दा पनि उनले मधेसलगायतका मुद्दामा लचिलो हुन मानेनन तर मलाई नैतिक अप्ठ्यारो परेको कारण अहिले नै बाहिरन नसकेको मात्रै हो ।" उनले प्रचण्डसँग भनेको श्रोतले जनायो । माओवादी केन्द्र र कांग्रेसले अविश्वास प्रस्ताव नै दर्ता गराएपछि भने गच्छदारलाई यो मधेसी मोर्चासँग उनको विगतको सम्बन्धका कारण जोडिएका नैतिक संकटबाट मुक्ति मिलेको श्रोतको दावी छ । "अब गच्छेदारले पनि सरकार छोड्छन्" श्रोतले भन्यो । "गच्छदारले प्रधानमन्त्रीसँगै अन्तिम समयसम्म साथ दिन्छु भनेका छन् तर माओवादी केन्द्रको पछिल्लो कदम गलत भनेका छैनन् । यो नै उनको नैतिक संकट थियो ।" श्रोतले भन्यो । सम्भवतः गच्छेदारले अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै सरकारबाट समर्थन फिर्ता लिने छन् । गच्छेदारले समर्थन फिर्ता लिएपछि परिवार दललगायतका अन्य साना दलहरुले समेत समर्थन फिर्ता लिने बुझिन्छ । यो अवस्थामा प्रधानमन्त्री ओलीसँग राजतन्त्रका पक्षधर, धर्मनिरपेक्षताका बिरोधी रहेको राप्रपा नेपाल र संघीयताबिरोधी राष्ट्रिय जनमोर्चा मात्रै सरकारमा रहने देखिन्छ । ओली आफैले पनि नेपालका लागि संघीयताको अर्थ नभएको बताउँदै आएका छन् । |
You are subscribed to email updates from Online Siraha. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment