Onlinesiraha-Nepali |
प्रधानमन्त्री ओलीलाई अब मधेसी मोर्चाले मात्र बचाउन सक्ने ! Posted: 12 Jul 2016 05:52 AM PDT ऑनलाइन सिरहा डटकम असार २८ । केपी ओेली सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र कांग्रेससँग मिलेर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ ।ठूलो दल कांग्रेस पनि प्रचण्डलाई बहुमतीय सरकारको प्रधानमन्त्री बनाउन सकारात्मक देखिएको छ । तर, दोस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पर्ने उसको शर्त छ । माओवादीले नयाँ सरकार गठनको तयारी गरे पनि प्रधानमन्त्री ओली संसदको सामना गर्ने तयारीमा छन् । यदि प्रधानमन्त्री ओलीले राजीनामा दिएनन् भने संसदमा अविश्वासको प्रस्तावको सामना गर्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा संसदभित्रको जोड घटाउ महत्वपूर्ण हुन्छ । प्रचण्ड-देउवाको पल्ला भारी संसदमा अहिले ५९७ सदस्य छन् । जसमा माओवादी सांसद ल्यारक्याल लामा निलम्बित छन् । अर्थात ५९६ सासद मतदानका लागि योग्य रहनेछन् । प्रचण्डलाई प्रधानमन्त्री बन्न २९८ सदस्यको समर्थन आवश्यक पर्छ । माओवादी आफैंसँग ८२ सांसद छन् । संसदको ठूलो दल कांग्रेससँग २०६ सांसद छन् । माओवादी र कांग्रेस मिल्ने हो भने २८८ मत पुग्छ र प्रधानमन्त्री बन्न मात्र १० सिट चाहिन्छ ।यस्तो अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बन्न त्यति गाह्रो छैन । मधेसी मोर्चासँग ३४ मत छ भने फोरम लोकतान्त्रिकसँग १४ मत छ । साना दलहरु पनि छन्, जसले पदीय भागवण्डामा सहमति हुने हो भने समर्थन गर्न सक्छन् । ओलीलाई मधेसी मोर्चाले मात्र बचाउन सक्ने ! प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्छु भनिरहेका छन् । यदि बिश्वासको मत लिने उनको प्रयास हो भने त्यो त्यति सहज भने छैन ।ओलीले राजीनामा नदिएमा उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिन्छ । यस्तो अवस्थामा ओलीले आफ्नो पक्षमा बहुमत अर्थात २९८ मत देखाउनुपर्छ । प्रधानमन्त्री बन्दै गर्दा ओलीले कुुल ५८७ मत मध्ये ३३८ मत पाएका थिए । जसमध्ये तीन सांसद भएको नेकपा संयुक्तले यसअघि नै समर्थन फिर्ता लिइसकेको छ ।अहिले माओवादीले पनि समर्थन फिर्ता लिएपछि बाँकी सबै समर्थन कायम राख्दा पनि ओलीसँग २५२ मत मात्र रहनेछ । उनलाई पदमै रहिरहन ४६ मत चाहिन्छ । कांग्रेस र माओवादीबाहेक सबै दल ओलीको पक्षमा मात्र सरकार बच्न सक्छ । जसमा ठूलो संसद संख्या भएको राजनीतिक शक्ति यतिबेला मधेसी मोर्चा मात्र देखिन्छ । अर्थात् अब मधेसी मोर्चाले मात्र ओली सरकार बचाउन सक्छ किनकी उसँग ३४ सांसद छ । मधेसी मोर्चालाई आफ्नो पक्षमा ल्याउनु ओलीका लागि लगभग असम्भव जस्तै देखिन्छ ।ओली प्रधानमन्त्री हुनु अगाडीदेखि नै मधेसी मोर्चा आन्दोलनमा छ र उसले ११ बुँदे माग राखिरहेको छ । र, अब यदि सरकार गठनको प्रक्रियामा सामेल हुँदा मोर्चाले ओलीबाट ती माग पुरा गराउन खोज्नेछ । प्रधानमन्त्रीका रुपमा ओलीका बोली र ब्यबहार सम्झिँदा एमाले नेतृत्व र ओलीले मोर्चाका माग सुन्नसम्म पनि सक्ने देखिन्न । स्रोत ऑनलाइन खबर |
रेडियो सल्हेशकाअध्यक्ष चन्द्रदेव कामति सम्मानित Posted: 12 Jul 2016 05:12 AM PDT सिरहा, असार २८ नेपाली सैनिक रेडियो कार्यक्रम नेपालका विभिन्न एफ.एम.स्टेश्नहरुबाट विभिन्न समय र दिनमा निःशुल्क रुपमा रेडियो सल्हेशले प्रशारण गरेबापत रेडियो सल्हेश भलुवाही सिरहालाई एक समारोहका विच कदर पत्र प्रदान गरेको छ । नेपाली सेनाको रेडियो कार्यक्रममा नेपाली सेनाले राष्ट्र र आम राष्ट्रवासीहरुको सुरक्षा तथा हितका लागि गरीरहेको समग्र कार्यहरुका बारेमा सु–सूचित गराउन त्यस रेडियोले खेलेको भूमिकाको उच्च मूल्याँकन गर्दै नागरिक सैनिक सम्बन्ध प्रगाढ बनाउन स्थापित सहकार्यले भविष्यमा समेत निरन्तरता पाउने अपेक्षासहित नेपाली सेनाको तर्फबाट स धन्यवाद सहित रेडियो सल्हेशका अध्यक्ष चन्द्रदेव कामति लाई दोसाला सहित श्रीनाथ गणको गणपति सुनिल सिंह राठोरले कदर पत्र प्रदान गरेका थिए । |
You are subscribed to email updates from Online Siraha.com . To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment