काठमाण्डु, ३० असार– नेकपा माओवादी केन्द्रको एक पक्षले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पार्टीबाट अलग हुन दबाब दिएको छ ।पूर्वजनमोर्चा पृष्ठभूमिबाट आएका श्रेष्ठ पक्षधर नेता तथा कार्यकर्ताको ठूलो हिस्साले उनलाई पार्टी छाडेर नयाँ गठनका लागि दबाब दिएका हुन् ।केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेस र मधेसी मोर्चासँगको गठबन्धनमा प्रधानमन्त्री बन्ने प्रचण्डको तयारीप्रति श्रेष्ठ रुष्ट छन् । उनले ओली सरकारबाट बाहिरिनुलाई ‘रहस्यमय परिघटना’ भनेका छन् । त्यसबारे आफूले सञ्चार माध्यमबाट मात्र जानकारी पाएको भन्दै उनले ‘अँध्यारोमा राखेर गरिएको निर्णय’ को हेर्डकवार्टर बैठकमा प्रतिवाद गर्ने बताउँदै आएका छन् ।श्रेष्ठ निकट एक केन्द्रीय सदस्यले देशी विदेशी शक्तिको चलखेलमा सरकारबाट बाहिरिने निर्णय भएकाले पार्टीमा बस्न नहुने सुझाव श्रेष्ठलाई दिएको बताए । ‘पटकपटक हामीलाई बाइपास गरेर मुलुक र पार्टीका लागि घातक सिद्ध निर्णय हुने गरेको छ’, उनले काठमाण्डु टुडेसँग भने, ‘हामीले पार्टीमा नबसौं भनेर उहाँ ९नारायणकाजी० लाई सुझाव दिएका छौं ।तर, श्रेष्ठले आफू पार्टी विभाजनको पक्षमा नरहेको जवाफ दिने गरेका छन् । ‘हामीले पनि छाड्ने हो भने यिनीहरु ९माओवादी केन्द्र० झन् बिग्रन्छन्’, श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यिनीहरुलाई थप बिग्रन दिनु मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, भित्रै बसेर सच्याउन भूमिका खेल्नुपर्छ ।’काठमाण्डु टुडेको जिज्ञाशामा श्रेष्ठले पार्टी विभाजनबारे आफूले कहिल्यै नसोचेको बताए ।उनले पार्टीभित्र बेलाबेला हुने बहसबाट आतंकित भएर पार्टी विभाजनको आत्मघाती बाटो रोज्ने कमजोर व्यक्ति आफू नभएको दाबीसमेत गरे । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे सञ्चार मध्यममा बोल्न इच्छुक नभएको श्रेष्ठको भनाइ थियो ।आफ्नै आग्रहमा शुक्रबार पार्टी हेर्डक्वार्टर बैठक बस्न लागेको र सोही बैठकमा आफ्ना धारणा राख्ने भन्दै उनले थप टिप्पणी गर्न मानेनन् । ‘भोलि ९शुक्रबार० हाम्रो हेर्डक्वार्टर बैठक बस्दैछ’, श्रेष्ठले भने, ‘पहिला पार्टीभित्र धारणा राखेर मात्र बाहिर बोल्छु । काठमाण्डौ टुडे
No comments:
Post a Comment