अजय साह शिवाली । मधेशकेन्द्रित दलमा अहिले महाधिवेशनको चटारो छ । केही दलले महाधिवेशन सम्पन्न गरिसकेका छन् भने केहीको महाधिवेशन हुन बाँकी छ । हालसम्म महाधिवेशन सम्पन्न गरिसकेका मधेशकेन्द्रित दलको नयाँ कार्यसमितिको स्वरूप हेर्ने हो भने पहिलेको भन्दा खासै फरक देखिँदैन ।
प्रायः मुख्य पदहरूमा सर्वसम्मति नै गरिएको देखिन्छ । हुन त सर्वसम्मति हुनु राम्रो हो भनेर पनि तर्क गरिन्छ । अर्कोतर्फ सर्वसम्मतिलाई कुनै एउटै व्यक्तिको वर्चस्वलाई निरन्तरता दिने काम भनेर पनि भनिन्छ । सर्वसम्मति होस् अथवा चुनावबाट नेतृत्व छानियोस्, नेताको काम जनहितमा काम गर्नु हो ।
त्यसैले जनहितमा काम गर्न सक्ने नेता छान्ने अधिकार महाधिवेशन प्रतिनिधिमा हुनुपर्छ । महाधिवेशन प्रतिनिधिहरूलाई सर्वसम्मतिका नाममा लोकतान्त्रिक पद्धतिबाट बाहिर राख्नुहुन्न । मधेशकेन्द्रित दलमा विशेष गरी मुख्य पदमा चुनाव भएको देखिँदैन ।
यसको कारण आम कार्यकर्ता र मधेशी जनताले खोतल्नु आवश्यक छ । किन चुनाव गरिँदैन त रु चुनाव नगरी सर्वसम्मतिबाट चुनिने नेतृत्वप्रति आम कार्यकर्ता उत्तिकै विश्वस्त हुन सक्छन् त रु
सर्वसम्मति चुनिनु÷चुन्नु नेताहरूको रहर हो कि कार्यकर्ताको बाध्यता रु यसतर्फ पनि सोच्नु आवश्यक छ । त्यसै पनि मधेशकेन्द्रित दलहरूले विभिन्न किसिमका आरोप खेप्दै आएका छन् । यहाँसम्म की ठूला दलले मधेशकेन्द्रित दललाई पार्टी नै मान्न तयार भएको देखिँदैनन् । केही दिनअघि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशकेन्द्रित दललाई एनजीओ र आइएनजीओ नै भने ।
हुन त ठूला दल नेपाली कांग्रेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९हाल नेकपा एमाले० को कुरा गर्ने हो भने यी दुवै दलको जन्म भारतमा भएको थियो । यस हिसाबले यी दुवै दललाई त आईएनजीओ नै भन्न मिल्छ । तर, त्यसो होइन, नेपाली कांग्रेस र नेकपा एमालेको जन्म भारतमा भए पनि यी पार्टीमा लोकतान्त्रिक पद्धति अपनाइन्छ ।
केही मनोनित बाहेक हरेक पदमा चुनाव गरिन्छ । त्यसैले त यी दुवै पार्टी अहिलेसम्म पालैपालो मुलुक सञ्चालन गर्दै आएका छन् । नेपालका विद्यमान ठूला पार्टीले मधेशलाई बेवास्ता गर्नु अर्को पाटो हो । यी पार्टीमा मधेशीको प्रतिनिधित्व कम भयो त्यो पनि अर्को पाटो हो ।
तर, यी पार्टीमा कम्तीमा महाधिवेशनका बेला लोकतान्त्रिक पद्धति अपनाइन्छ । नेतृत्व सम्हाल्ने व्यक्ति सर्वस्वीकार्य हुन्छन् । तर, मधेशकेन्द्रित दलमा त्यस्तो देखिँदैन ।
अहिलेसम्म महाधिवेशन गरिसकेका कुनै पनि मधेशकेन्द्रित दलले नेतृत्वका लागि चुनाव गरेको देखिएन । उनीहरूको तर्क के छ भने ‘हामी सर्वसम्मति गर्ने प्रयास ग¥यौं र सर्वसम्मति भयो ।’ अब ठूलो प्रश्न यहाँ खडा हुन्छ कि मधेशकेन्द्रित दलमा नेतृत्वका लागि सर्वसम्मति कसरी हुँदो रहेछ त रु ‘चुनाव गर्नु हुँदैन्’ भन्ने कुरामा लगभग सबै किन सहमत हुँदा रहेछन् त रु
यसको मुख्य कारण पछ्यौटेपन हो । यही पछ्यौटेपन र अधिकार नदिने प्रवृत्ति बढेपछि मुक्तिका लागि पटक–पटक मधेश आन्दोलनहरू भए । मधेशीले आफ्नो अस्तित्व र आत्मसम्मानको ख्यालै नगरी शासकहरूको ‘जी हजुरी’ गर्दै आएका थिए ।
अब त्यो दिन गयो, दासत्व स्वीकार नगर्ने र हामी आफ्नो भाग्यको फैसला आफैं गर्छौं भनेर मधेशीहरूले पटक–पटक शहादत दिए । यी आन्दोलनहरूकै परिणामस्वरूप केही हदसम्म ‘जी हजुरी’ गर्ने काम घटेको छ । मधेशीहरूले अहिले शानले भन्छन् ‘म मधेशी हुँ’ । आफ्नो स्वाविभानको रक्षाका लागि तत्पर देखिन्छन् मधेशीहरू ।
आन्दोलनसँगै हामीले शासकलाई ‘जी हजुरी’ गर्न छाड्दै गए पनि आफैं भित्र भने यो चरित्र विद्यमान छ । यस्तो ज्वलन्त उदाहरण हो, मधेशकेन्द्रित दल । सर्वसम्मति नेतृत्व चयनका लागि टाउको हल्लाएर अनुमति दिनेहरूले चुनाव गर्नु पर्छ भनेर किन भन्न सक्दैनन् रु
टाउको हल्लाउनेहरूलाई डर छ कि मैले चुनाव गर्नु पर्छ भनेर माग गरेँ भने विरोध हुन्छ र मलाई पार्टीबाट निकालिनेछ । हुन पनि हो, आफ्नो नेतृत्वका अगाडि मुख खोल्ने हिम्मत कसको रु
एउटा कुरा यो पनि सही हो कि, मुख खोल्ने हिम्मत गर्ने नै ती पार्टीमा छैनन् । मुख खोल्ने हिम्मत गर्नेहरूलाई पार्टीभित्र रहने अवस्था पनि त हुँदैन । पुरानो पार्टी छाडेर अर्को नयाँ पार्टी खोल्नुपर्ने पनि दुई कारण छन् ।
सिनियर नेतृत्वले जुनियरलाई मौका नदिनु र अर्को पार्टी खोले त्यसका प्रमुख नेतृत्वकर्ता बन्न पाउने सुनिश्चितता हुनुले पनि नयाँ–नयाँ पार्टी खुल्दै गएका छन् ।
मधेशकेन्द्रित दलमा जहिल्यै पनि एउटै व्यक्ति नेतृत्वका दाबेदार देखिन्छन् । अर्को नेतृत्वलाई जन्मनै दिइँदैन्, केही गरी जन्मिने सुरसार हुन थाल्यो भने उसलाई पार्टी छाड्न विवश पारिन्छ । यसरी निरन्तर मधेशकेन्द्रित दल र नेतृत्वहरूको संख्या बढ्दै गएका छन् । त्यही भएर त हो मधेशकेन्द्रित दलहरू झट्ट हेर्दा एनजीओ जस्तो लाग्छन् ।
पार्टी रहुञ्जेल एउटै व्यक्ति किन ‘अध्यक्ष’ हजुर रु के त्यो पार्टीमा विकल्प नभएकै हो त रु एक जना अध्यक्ष भइसकेका व्यक्ति कत्ति वर्षसम्म त्यही पदमा बसिरहने रु यस विषयमा पार्टीको प्रष्ट धारणा खोइ रु यदि अध्यक्षमा अहिलेका व्यक्तिको विकल्प नै छैन भने पनि चुनाव गराएर पुनः त्यही व्यक्ति निर्वाचित गरे त हुन्छ नि ।
चुनाव गराउन के को डर रु ल ठिक छ, तल्लो तहका नेता तथा कार्यकर्ताले सर्वसम्मति चयन गर्न चाहे रे १ उनीहरू चाहे भन्दैमा श्रीमान् अध्यक्षज्यू पनि किन ‘हुन्छ’ भन्ने रु उम्मेदवारी दिने आँट किन नगर्ने रु
सर्वसम्मति नै गर्नु छ भने त्यत्रो महाधिवेशन प्रतिनिधि किन छानेको रु त्यसैले मधेशकेन्द्रित दलमा टीकेप्रथाको अन्त्य हुनु आवश्यक छ । घरबाटै सुधारको प्रयास गर्नु आवश्यक छ । पार्टीको हितका लागि अहोरात्र खट्ने नेताहरूलाई पाखा लगाएर नातागोतालाई सभासद् बनाउने अनि मधेशीलाई अधिकार सम्पन्न बनाउने भनेर ठूल–ठूला गफ दिनुको कुनै तुक छैन ।
‘ये पब्लिक है, सब जानती है’ । अर्कोतर्फ मधेशकेन्द्रित दलमा जातिवाद हाबी भएको भन्ने आरोप पनि लगाइन्छ । यो आरोपबाट मुक्ति पाउन पनि चुनावबाट नेतृत्व चयन गर्नु उत्तम हुन्छ । किन भने कुनै पनि पार्टीले हरेक पदमा चाहेर पनि समानुपातिक समावेशिताको सिद्धान्त अपनाउन सक्दैन । त्यसकारणले पनि हाम्रो प्रतिनिधित्व हुन सकेन भन्ने विभिन्न जातजाति र समुदायका आरोपलाई चिर्नका लागि चुनाव गराउनु आवश्यक छ ।
अर्को कुरा मधेशकेन्द्रित दलहरूले महाधिवेशन त गरिरहेका छन् । एकता गर्न सकेका छैनन् । पछिल्लो समय १० माओवादी मिलेर एउटा नेकपा माओवादी केन्द्र बनाएका छन् । यहाँसम्म कि यो पार्टीमा मातृका यादव नेतृत्वको नेकपा ९माओवादी० पनि सामेल भएको छ । मधेशीहरू मिल्न सक्दैनन्, फुट्न मात्र जानेका छन्, अध्यक्ष पदको लोभ गर्छन् भन्ने आरोपलाई यादवले निस्तेज पारेका छन् । उहाँ नेकपा ९माओवादी० का संयोजक हुनुहुन्थ्यो । तर, पदको लोभ नगरी केन्द्रमा समाहित हुनुभयो ।
मधेशीमाथि आरोप लाग्दै आएको थियो कि व्यक्ति पिच्छे पार्टी खोलेका छन्, सबैलाई अध्यक्ष पद नै चाहिँदो रहेछ भनेर । तर, यो कुरा पूर्ण रूपमा सत्य होइन भन्ने कुरा यादवले पुष्टि गरेका छन् । उहाँ अध्यक्ष पद त्यागेर सामान्य नेताका रूपमा केन्द्रमा समाहित हुनुभयो । हो, त्यस्तो किसिमको त्याग मधेशकेन्द्रित दलका नेतामा किन नदेखिएको हो रु भन्ने आम मधेशी जनताको प्रश्न छ ।
यी र यस्ता प्रश्नका बीच मधेशी जनता आन्दोलनमा छन् । त्यसैले मधेशकेन्द्रित दलका नेताहरूले जनतामा देखिएको शंका चिर्दै त्यागको भावना जागृत गर्न सक्नुपर्छ । हुन त परिवारवाद हाबी भयो भनेर आरोप खेप्दै आएका मधेशकेन्द्रित दलले मधेश आन्दोलनका बेला केही वाहवाही पनि पाएका छन् । तर, त्यो वाहवाहीलाई अझै उचाईमा पु¥याउन एकताबद्ध हुन जरूरी छ । एकताका लागि प्रयासहरू पनि नभएका होइनन् । कैयौं पटक प्रयास भएकै हो । यसमा मधेशकेन्द्रित सबै दललाई साधुवाद दिनै पर्छ ।
तर, हालसम्म भएका एकताका प्रयासहरू प्रायः विफल नै भएका छन् । विचार, एजेण्डालगायत लगभग सबै लक्ष्य मिल्ने मधेशकेन्द्रित दलहरू किन एक हुन सकिरहेका छैनन् त रु यस विषयमा दलहरूले एक–अर्कालाई जेसुकै भनेर आरोप लगाए पनि सत्य एउटै हो । र, त्यो हो ‘अध्यक्ष’ पद । यथार्थ कुरालाई ढाकछोप गर्न सकिँदैन ।
मधेश र मधेशीको अधिकारका लागि मात्रै हालसम्म भएका पटक–पटकको मधेश आन्दोलनबाट एक सय १५ भन्दा बढी मधेशीले जीवन उत्सर्ग गरे । तर, यही मधेश र मधेशीको अधिकारका लागि लड्ने मधेशकेन्द्रित दलका नेतृत्वहरूले ‘अध्यक्ष’ पद किन त्याग गर्न नसक्ने रु खोइ त त्यागको भावना रु त्याग गर्न नसक्ने अनि भाषणमा भने एकता हुनुपर्छ भन्न पछि नपर्ने । एकताको कुरा अब भाषणमा मात्र होइन व्यवहारमा देखाउनु जरूरी छ ।
विगत १० महिनादेखि मधेश आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा थुप्रै मधेशीले शहादत दिए । तर, पनि आन्दोलन सफल हुन नसक्नुमा दोषी को रु दोष अरूलाई मात्र दिने कि आफ्नो अनुहार पनि ऐनामा हेर्ने रु आन्दोलनमा मधेशका सबै तह र तप्काले साथ दिएको कुरा सर्वविदितै छ । कहाँ कमजोरी भयो त रु यसको मूल्याङ्न गर्ने कि नगर्ने रु दोषी अनुहारलाई मधेशी जनताले राम्ररी चिनेका छन् ।
‘ये पब्लिक है, सब जानती है ।’ पछिल्लो मधेश आन्दोलनका शहीदहरूले मधेशकेन्द्रित दलले विगतमा गरेका ‘पाप’ लाई आफ्नो रगतले पखालिदिएका छन् । फेरि पनि कुनै पाप नहोस् भन्ने मधेशीको चाहना हो । यो चाहनालाई बेलैमा बुझेर मधेशकेन्द्रित दलहरू अगाडि बढ्नु आवश्यक छ । त्यसैले मधेशकेन्द्रित दलले अब महाधिवेशन मात्र होइन एकताको महाधिवेशन गर्न जरूरी छ । (मधेश दर्पण फिचर सेवा)
No comments:
Post a Comment