/ , , , , , , , / असल श्रीमान पाउँन सोमवारी

असल श्रीमान पाउँन सोमवारी

राम नारायण पंडित, सिरहा ।  साउँन महिनाको सुरुवात संगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउँन महिनामा परेको सोमबारको सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । खास गरेर असल श्रीमान पाउँने उद्ेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरुले बताउँछिन् । महिलाहरु हातमा मेहन्दी, चुड्ी र हरियो बस्त्रमा अहिले नव दुल्ही झै सजिएकी छिन् । साउन महिनामा भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा महिलाहरुले लिने गरेकी छिन् । अहिले महिलाहरुको पहिरन पनि रातो, पहेँलो र हरियो मात्र रहेको पाईन्छ । कुर्ता सुरुवाल र हरियो सारीमा सजि हातमा विभिन्न डिजाइनका मेहन्दी लगाउने महिलाहरुको पनि कमी छैन् । साउन महिनाको प्रत्येक सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुषहरु बमहरुको घुइँचो लाग्ने गरेकोले उक्त दृश्य साउन महिनालाई थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । साउन महिनामा सबै दुखः कष्ट बिर्सेर रातो मेहन्दी र हरियो चुड लगाई सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । “साउन महिनामा मेहन्दी, हरियो चुड र रातो पहेलो कपडा लगाई व्रत बस्नाले चाहको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ” उनीहरुले बताउँछिन् । अविवाहित युबतीहरु असल श्रीमान पाउँन र विवाहितहरु श्रीमान र संतानको दिर्घायुका लागि ब्रत बस्ने गरेको बताईन्छ । हरियो चुडा, मेहन्दी र हरीयो कपडामा सजिनेहरुमा कलेजमा अध्ययनरत युवतीहरुको संख्या पनि उल्लेखय रहेको छ भने विद्यालय स्तरको छात्राहरु पनि त्यही किसिमले सजिएकीे छिन् । यति मात्र कहाँ हो र भर्खरै विबाह गरेको महिला होस या प्रौढ सबै अहिले चुडा, मेहन्दी र नयाँ कपडा लगाई नब कनिया जस्तै सजिएकी छिन् । साउँनमा सोमबारी पुरुषहरुले पनि गरिरहेको भएपनि महिलाको संख्या बढि रहेको पाइन्छ । अविवाहित पुरुषहरुले आफुले सुन्दर सुशिल स्त्री पाउन र विवाहित पुरुषहरु सन्तानको सुख शान्ति प्राप्त होस भन्दै साउँन महिनामा सोमबारी ब्रत बस्ने गरेका छन् । भगवान शिवलाई दुध, जल, बेलपत्र, धुथुर र हरियो पुजा सामग्रीहरु मन पराउने भएकोले साउन महिनामा परेका सोमबारका दिन शिवालयहरुमा श्रद्धालुभतmजनहरुले उतm बस्तुहरु चढाई पुजा अर्चना गरिरहेका छन् । 
माता पार्वती साउन महिनामा शिवको पूजा गरेकोले शिवलाई पतिको रुपमा पाएको मान्यता रहि आएको ग्रन्थहरुमा उल्लेख रहेका छन् । धेरैजसो साउन महिना भरि माछा मासु र अशुद्ध मानिएको समानहरु बर्जित पनि गरेको पाइन्छ । सोमबारी पर्बको लिई अहिले व्यापार व्यव्सायमा पनि वृद्धि भएको व्यापारीहरुको भनाई रहेको छ । यता, अहिलेको समयमा आएर बोलबम पनि एउटा फैसन जस्तै भईसकेको छ । बोलबमको नाममा अत्याधिक मादकपदार्थ सेवन गरि होहल्ला गर्ने देखि लिएर उच्छृ्रंखल गतिबिधिको साथै अनैतिक क्रियाकल पनि हुने गरेको पाइन्छ । यस्तो कार्यलाई “यथासिध्र रोक्नु पर्छ नत्र यसले भोली गएर अर्को रुप पनि लिन सकिन्छ । यो धर्म माथिको ठाडो प्रहार हो ।” “आफ्नो धर्म सांस्कृतिलाई  आफैले जर्गेना गर्नु पर्छ र बचाएर राख्नु पर्छ ।” 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment