समग्र संदेश डट कम सिरहा ११ साउन । सवैसँग सहकार्य र सहमतिको आधारमा अगाडी बढ्ने गोलबजार नगरपालीकाका कार्यकारी अधिकृत राजकुमार दासले बताएको छ । नगरपालीकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सवै पक्षबाट सकारात्मक सुझाव तथा गुनासाहरु आएको भन्दै सवैलाई समेटेर नगरपालीकाले अगाडी बढ्ने बताए ।
सार्वजनिक सुनवाईमा विभिन्न खालका गुनासा तथा सुझावहरु आएको भएपनि सवैभन्दा बढी बाटोको स्तरोन्नतीको विषयमा सर्वसाधारण आवाजमा दासले बाटोको स्तरोन्नतीको विषयमा नगरस्तरीय सडक समन्वय समितिमा छलफल गरेर अगाडी बढ्दे बताए । उनले नयाँ नगरपालीका भएकाले र धेरै कामहरु गर्नुपर्ने भएको हुँदा कतिपय सडकहरुको काम हुन सकेको छैन त्यस वारेमा सम्वन्धित निकायमा पनि आफूले कुरा राखेको बताए ।
सानो तिनो खाल्डोहरु पुर्न भने अहिले पनि स्थानीयको समन्वयमा नगरपालीकाले सहयोग गर्ने बताए । उनले भने, ‘हामीसँग गाडी छ, थोरै ड्राइभर खर्च स्थानीयले व्यवस्था गर्ने हो भने सा–साना खाल्डोहरु पुर्न सकिन्छ ।’
नगरक्षेत्रका बजारहरुमा किसान तथा व्यवसायीहरुले दोहोरो कर तिर्दै आएकोमा अवको दिनमा त्यसलाई कडाइकासाथ बन्देज लगाउने बताए । स्थानी हाटबजारमा बजार ठेकेदार र सरसफाई कर्मचारी दुवैले कर लिने गरेकोमा उहाँले अवको दिनमा रोक्ने बताए ।
यस आर्थिक वर्षमा नगरपालीकाले गरेका कामहरुको सवैको नियमित अनुगमन गरेको अधिकृत दासले जिकिर गर्नु भयो । सम्झौता अनुसार काम नभएको र काम जारीरहेका कतिपयका रकम रोकेर राखेको दासले बताए ।
सोही क्रममा दासले नगरपालीकाले सम्पादन गर्दै आएको असन्तुष्टिप्रति दासले आफ्नो कार्यलयमा त्यस्तो अवस्था नभएको भन्दै त्यस्तो अवस्था आए गडवडी गर्ने कर्मचारीलाई कार्वाही सम्म गर्ने बताए ।
दासले यस आर्थिक वर्षमा भएको सम्पूर्ण कार्यक्रमहरु तथा आय व्यय सार्वजनिक गर्ने योजना भएको भएपनि कार्य व्यस्तताले गर्न नसकिएको प्रति दुःख व्यक्त गर्दै त्यसलाई स्थानीय पत्र पत्रिकामार्फत सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।
सार्वजनिक सुनवाई कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता चन्द्रदेव यादव, नेकपा माओवादी केन्द्रका अजिरमान थापा, राप्रपा नेपाल उद्धब वहादुर अधिकारीले सुझाव तथा गतिविधि बारे औंल्याएका थिए ।
सार्वजनिक सुनवाईमा गोलबजार नगरपालीका १ का तेतर राम, २ का रामस्वरुप महतो, १२ का रामकुमार मण्डल, १ का चन्द्र शाही, ७ का सर्मिल्ला श्रेष्ठ, ४ का सिम्रिका महतो लागाएतले गुनासा तथा सुझावहरु राखेका थिए ।
राष्ट्रय कृषक समूह महासंघका जिल्ला अध्यक्ष मुक्ति नारायण यादवले नगरपालीकाले किसानहरुप्रति वेवास्ता गरेको आरोप लगाए । उनले यो वर्ष नगरपालीकाले किसानलक्षीत कार्यक्रम कुनै नगरेको बताए ।
No comments:
Post a Comment