/ , , , , / सिरहामा सामुदायिक संस्थालाई सहकारी बनाउन महिलाहरु सक्रिय

सिरहामा सामुदायिक संस्थालाई सहकारी बनाउन महिलाहरु सक्रिय

राम नारायण पंडित, सिरहा, ०६ साउन । सानो तिनो गर्जो पर्दा पनि ऋण खोज्नुपर्ने सिरहाको मुक्सार ७ चारघरेका महिलाहरु अहिले आफै ऋण लगाउन सक्ने भएका छन् । गरिवी निवारण कोषको सहयोगमा महिला उद्धार सेवा केन्द्र गोलबजारको साझेदारीमा जागृति महिला उद्धार सामुदायीक संस्था स्थापना गरी बचत तथा ऋण सुरु गरेपछि महिलाहरुमा परिवर्तन आएको हो । सामुदायिक संस्थाबाट सस्तोमा व्याज लिएर विभिन्न आयआर्जनको काम गरेपछि अहिले हामीलाई निकै सहज भएको संस्थाका सदस्य अम्वरमाया गुरुंगले सुनाए । कोषमा रहेको रकम व्यवसायीक बाख्रा, गाई, भैसी, बंगुर पालनमा लगानी भएको संस्थाका अध्यक्ष चिना रानाले बताईन । व्यसायको आम्दानीले  घर चलाउने, छोराछोरी पढाउने काममा विशेष लगानी भएको अध्यक्ष रानाले बताए । ८ वर्ष अघि सम्म हजार रुपैयाँ आश्यक पर्दा पनि हामीलाई साहुकोमा जानुको विकल्प थिएन, तर आज अवस्था फेरिएको सदस्य ललिमाया रानाले बताइन् । संस्थामा आवध भईसकेपछि आफूहरुलाई निकै सहुलित भएको छ, हामीलाई चाहिएको वेला संस्थासँग माग गर्दा आवश्यक रकम पाउने गरेको रानाले सुनाईन् । दुई पटकमा घुम्ति कोषको लागि केन्द्रले पाँच लाख ३६ हजार छ सय ३५ रुपैयाँ संस्थालाई दिएपछि महिलाहरुले त्यसैलाई निरन्तर रुपमा संचालन गरी अहिले करिव १० लाख पुर्याएको छ । २०६५ सालमा स्थापना भएको संस्थालाई कोषको सहयोगमा २०६५ बैशाख १८ गते तीन लाख २१ हजार नौं सय ८१ रुपैयाँ र साउन २० गते दोश्रो पटक दुई लाख १४ हजार ६ सय ५४ रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष जगमाया शुसलिङले बताए । संस्थाले कोषबाट संचालित घुम्ति कोषबाट मासिक सयकडाँ एक रुपैयाँ र बचतबाट मासिक २ रुपैयाँ सयकडा व्याजमा लगानी गर्ने गरेको सचिव एमकुमारी बलम्वाकीले जानकारी दिईन । उनले एक जना सदस्यलाई बढीमा ४० हजार रुपैया लगानी गरेको पनि बताए । कारोवार फराकीलो हुँदै गएकाले आफूहरुले संस्थालाई सहकारीमा बदल्न चाहेको संस्थाकी अध्यक्ष चिना रानाले जानकारी दिइन् । महिला उद्धार सेवाकेन्द्रका गरिवी निवारण कोषका संयोजक दिपेश कुमार सिंहले हामीले हेरीरहेको संस्थाहरु मध्येकै नमुना संस्था जागृति भएको बताए । यसलाई सहकारीमा दर्ता गराउन पनि पहल भईरहेको संयोजक सिंहले बताए । महिलाहरु आफैले देउसी भैलो खेलेर कार्यालयकोलागि दराज, कुर्सी, टेवल लगाएतका सामाग्री खरिद गरेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment