काठमाडौं १९ असार । बर्षासँगै देशभरीका पाहाडी जिल्लाका केहीबस्ति पहिरोको जोखिमा परेका छन् । तराईमा डुवानको खतरा देखिएको छ । बर्षाले पहिरो खस्ने सम्भापना बढेपछि कयौबस्ति जोखिमा परेका छ । भूकम्प प्रभावित क्षेत्रमा ५ सयभन्दा बढी बस्ति जोखिममा छन् । बर्षासँगैको पहिरोले बाटो अवरुद्ध हुँदा विभिन्न सडकहरुमा आवात जावत बन्द्य भएको छ ।सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची बजारबाट तिपेनी जोड्ने सडकखण्डमा पहिरो गएको छ । खाल्डेखोलादेखि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् आयोजनासम्मको विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षाका कारणले थप पहिरो गएपछि मेलम्ची–भोताङ सडक अवरुद्ध भएको हो । रसुवामा पनि पहिरोका कारण बाटो बन्द हुँदा रसुवागढीमा यातायात बन्द भएको छ ।
स्याफ्रुबेसी–रसुवागढी सडक पहिरोका कारण पटकपटक अवरुद्ध हुँदा रसुवागढीबाट आवतजावत गर्ने यातायात साधनमा कमी आउँदा राजस्व संकलन घटेको हो । भूकम्प प्रभावित जिल्लाभर पहिरोको जोखिम बढपछि नागरिकमा त्रास बढेको छ । आजपनि पानी पर्ने र भोलिबाटमात्रै केही सुधार हुने मौसमविद्ेहरुले जनाएका छन् ।
No comments:
Post a Comment