Onlinesiraha-Nepali |
- जुत्ताभित्र लुकाई राखेको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मुल्य वरावरको सुन सहित पक्राउ
- बारुद लोडेड भरुवा बन्दुक भेट्यो
- सरकारले तिरेन पूर्व राष्ट्रपति यादव बस्ने घरको भाडा, घरबेटी अदालतको शरणमा
जुत्ताभित्र लुकाई राखेको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मुल्य वरावरको सुन सहित पक्राउ Posted: 20 Jun 2016 11:33 AM PDT ऑनलाइन सिरहा डटकम असार ६ । कतार एयरलाइन्सको उडान नम्वर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मुल्य वरावरको सुनसहित सोमवार प्रहरीले पक्राउ गरेको छ ।अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले उनलाई चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र मोजामा समेत लुकाई राखेको ३ टुक्रामा रहेको उक्त सुन वरामद भएको हो । प्रहरीले गौतमलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाएको छ । |
बारुद लोडेड भरुवा बन्दुक भेट्यो Posted: 20 Jun 2016 02:20 AM PDT राम नारायण पंडित, सिरहा, ०६ असार । सिरहा प्रहरीले बारुद लोडेड दुई नाल भरुबा बन्दुक फेला पारेको छ । सिरहाको गोलबजार नगरपालिका १० स्थित कमलदह जाने वाटोबाट बारुद लोडेड तयारी अबस्थामा रहेको दुई नाल भरुबा बन्दुक फेला परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गोलबजारका प्रहरी सहायक निरिक्षक गोपाल सिलवालको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीलाई देखेपछि ४ जनाको समुहमा रहेको अज्ञात ब्यक्तिहरुले बन्दुक झाडीमा फाली फरार भएको थियो । त्यसपछि खोजलाश गर्ने क्रममा बारुद लोड गरी तयारी अवस्थामा रहेको २ नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । फेला परेको बन्दुकको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न ब्यक्तिहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । |
सरकारले तिरेन पूर्व राष्ट्रपति यादव बस्ने घरको भाडा, घरबेटी अदालतको शरणमा Posted: 19 Jun 2016 08:23 PM PDT ऑनलाइन सिरहा डटकम असार ६ । पटकपटक घरभाडाका लागि पहल गर्दा पनि सरकारले वास्ता नगरेपछि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई राखिएको घरका धनीले सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। पूर्व राष्ट्रपति यादवलाई हतार हतार गरी सारिएको घरका लागि मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने गरी रविभक्त विष्टको घर भाडामा लिइएको थियो। मुलुकको पहिलो राष्ट्रपति यादवलाई सरकारले सारेको घर हाइटेन्सन लाइनभन्दा मुनि परेकाले विद्युतसमेत थिएन। घरमा फर्निसिङ तथा कुनै पनि सुविधा नहुँदा नहुँदै पूर्व राष्ट्रपतिलाई त्यहाँ सारिएको थियो। पूर्व राष्ट्रपतिलाई सरकारले भाडा तिरिदिने गरी घरमा राखेको भए पनि अहिलेसम्म भाडा तिरेको छैन। २०७२ साल कार्तिक ११ गते घरभाडाका लागि सहमति गरिएको थियो। भाडा रकम पाउँ भन्दै घरवेटी विष्टले २०७२ साल माघ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका थिए। सरकारले जस्तो घरमा लगेर राख्छ आफू त्यस्तैमा बस्ने भन्दै यादवले कुनै आपत्ती जनाएका थिएनन्। उनले सरकारले आफूलाई गर्ने व्यवहार 'नजिरका रुपमा' स्थापित हुने बताउँदै जहाँ राख्छन् त्यही बस्ने जनाएका थिए। मुद्दा ललितपुर जिल्ला अदालतमा दायर भएको हो। |
You are subscribed to email updates from Onlinesiraha-Nepali. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment