/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अपराध लुकाउदै मोरङका ट्राफिक प्रहरी

Posted: 18 Jun 2016 10:23 AM PDT

अन्लाईन सिरहा डटकम असार ४  । बिराटनगरमा भएको यो घाटना एउटा निन्दनिय नै हो कुनै मजदुर आफ्नो जीवन यापन गर्न दिनभरी जिउमा भएको पसिना बगाएर दुइ पैसा कमएर आफ्नो जिबिका चलाउछ भने हाम्रो देशको इमान्दार जिमेबार नेपाल ट्राफिक प्रहरी जुन कि आफुलाई एउटा जिम्मेबारिको कुरा गरिन्छ त्यही प्रहरी को र जिम्मेबारीको प्रमान यहाँ छर्लङ भएछ ।
आदरणिय आमा बुबा, दाजुभाई तथा दिदि बहिनीहरु, 
जय नेपाल/ नमस्कार
मिति २०७३।०३।०३ गते विराटनगरमा ट्राफिक प्रहरी र रिक्सा चालक बिच भएको घटनाको सम्बन्धमा सामाजिक संजालमा तस्विर राखि सिंगो नेपाल प्रहरी संगठनलाई नै आम नागरिकहरुले हेर्ने दृष्ट्रिकोणमा नकारात्मक प्रभाव पार्ने गरी ज्यादै निम्न स्तरका शब्दहरुको प्रयोग गरी Comment, share र Like गरे प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल प्रहरी संगठनले मुस्कान सहितको प्रहरी सेवा दिने नीति अनुरुप सम्पूर्ण प्रहरी कर्मचारीहरुको आचरण, नागरिकसंग गर्ने व्यवहार र मानव अधिकारको संरक्षणका विषयमा समय समयमा अनुशिक्षण प्रदान गर्दै आएको छ । यस विपरित कार्य गर्ने जो कोही प्रहरी कर्मचारी कारवाही हुनबाट मुक्ति पाउने छैन । र उक्त घटनामा संलग्न ट्राफिक प्रहरी जवान माथि पनि कारवाही प्रकृया अन्तर्गत छानविन सुरु भई सकेको अवस्था छ । तर घटनाको भित्रै सम्म नपुगि वास्तविक यथार्थता नबुझि तस्विर मात्र राखेर प्रहरीले गरेका ९९ प्रतिशत राम्रो कामलाई ओझेलमा पारी १ जना व्यक्तिले गरेको छुटपुट घटनालाई हाईलाईट गरी सम्पूर्ण प्रहरी कर्मचारीको मनोबल गिर्ने खालको गतिविधी सामाजिक संजाल मार्फत आएकोमा हामि समग्र ट्राफिक प्रहरी दुखित भएका छौ । हिजो भएको घटनाको यथार्थता-

विराटनगरको जलजला चोक देखि उत्तर पट्टिको सडकको बाँया किनारामा एक तर्फि पार्किङ्गमा उक्त रिक्सा आएर दोहोरो पार्किङ्ग गरी सडक अवरोध गरेको अवस्थामा उक्त स्थानमा खटिएको ट्राफिक प्रहरीले रिक्सा हटाउन अनुरोध गर्दा रिक्सा नहटाई वसिरहेको अवस्थामा रिक्सालाई जरिवाना गर्ने परिपाटी नभएको र सचेत गराउन चक्काको हावा खोल्न खोज्दा रिक्सा चालकले गाली गलौज गर्दै एक्कासी रिक्सा अगाडी बढाउदा रिक्साको चक्कामा रहेको ट्राफिक प्रहरीको हात चोट लागी रक्ताम्मे हुँदाको अवस्थामा निज क्षणिक आवेगमा आई उक्त घटना घटाएको पाईएको छ । यस्ता खालको घटना हुनु दुःखद कुरा हो । यस्ता घटनाहरुलाई कुनै पनि अवस्थामा प्रश्रय नदिने हुँदा निजलाई कारवाही हुने व्यहोरा सबैमा यो सामाजिक संजाल मार्फत जानकारी गराईन्छ । नागरिकको सहयोग, सहकार्य र सुचनाबाटै प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाको कार्यमा सफल हुने हुँदा नागरिकको सहयोग बिना प्रहरीले एकल प्रयास गर्छु भन्नु दिवा सपना हो भन्ने कुरालाई नकार्न सकिदैन तसर्थ आगामी दिनहरुमा यहाँहरुको सहयोग, सहकार्य, सल्लाह र सुझाबको सदैव अपेक्षा गर्दछौ । धन्यवाद, जय नेपाल ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी ।

स्थानिय को अवाज जस्ताको त्यस्तै
अन्धा कानुनको प्रकाष्ठा, देशमा न्याय र न्यायलय कहाँ छन् ?

आफ्नो रोजीरोटीको लागी रिक्सा चालाईरहेका एक असहाय, निहत्था माथी ओलीको प्रहरीले बिराटनगरमा यसरी अन्याय, अत्याचार र दुर्ब्यवहार गरे।
यदी नियम विपरीत नै सवारी चलाए पनि चलाकलाई कानुनी कारवाही गर्ने अधिकार ओलीको ट्राफिक प्रहरीलाई भए पनि कसैलाई कुटपिट गर्ने, आतंकित गर्ने अधिकार भने कसैलाई छैन ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment