/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


संसद अवरुद्ध गर्ने कांग्रेसको तयारी

Posted: 14 Jun 2016 04:20 AM PDT

भूकम्पपीडितको रकममा राजनीति गरेकोआरोप          

ऑनलाइन सिरहा डटकम जेठ ३२ । सरकारले राजनीतिक आस्थाका आधारमा भूकम्पपीडितमाथि भेदभाव गरेको तथा एनजिओको नाममा पार्टीका संगठनलाई पैसा बाँडेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदमा सशक्त रूपमा प्रस्तुत हुने भएको छ । भूकम्प प्रभावित क्षेत्रका सांसद र केन्द्रीय सदस्यसहित बसेको कांग्रेस संसदीय दलको बैठकमा बहुसंख्यक सांसदहरूले सरकारले भूकम्पपीडितमाथि राजनीति गरेको आरोप लगाएका हुन् । उनीहरूले कार्यकर्ता रिझाउनका लागि सरकारले राज्यकोषको चरम दोहन गरेको आरोप लगाएका थिए । 'राजनीतिक आस्थाका आधारमा भूकम्पपीडितमाथि भेदभाव गरिएका प्रमाण फेला परेका छन्,' कांग्रेस सांसद रामहरि खतिवडाले भन्नुभयो, 'गैरसरकारी संस्थाका नाममा सत्तारूढ दलले आफू समर्थित संस्थालाई रकम बाँडेको विषयमा सशक्त कुरा उठाउछाँै ।' सभापति शेरबहादुर देउवासहित दलका प्रभावशाली नेताहरू उपस्थित बैठकमा बोल्ने अधिकांशले वास्तविक भूकम्पपीडितले राहत नपाएका र राजनीतिक आस्थाका आधारमा नक्कली पीडितलाई राहत दिइएको बताएका थिए । बैठकमा रामहरि खतिवडा, जगदीश्वर नरसिंह केसी, बहादुरसिंह लामा, मोहनबहादुर बस्नेत, रामचन्द्र पोखरेल लगायतले धारणा राखेका थिए । कांग्रेसले असार १ गते बस्ने संसद बैठकमा सो विषयबारे सरकारको धारणा माग्दै संसदको बैठक अवरुद्धको तयारी गरेको छ । 'भोलिको बैठकमा भूकम्पपीडितको नाममा भइरहेको अनियमितताबारे कुरा उठाउछौँ, सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ नआए संसद अवरुद्ध हुन्छ,' कांग्रेस सांसद जगदीश्वर नरसिंह केसीले भन्नुभयो । 'सरकारी संयन्त्रलाई बाइपास गरेर एनजिओले कर्मचारी छनौट गर्ने र अर्बौं खर्च गर्ने कुरा आपत्तिजनक छ,' केसीले भन्नुभयो, 'कांग्रेसले उठाएका माग सम्बोधन नभए बुधवारको बैठक अवरुद्ध हुन सक्छ ।' केसीले अझै पनि २० प्रतिशत जति भूकम्पपीडितको नाम छुटेको तर नक्कली पीडितका नाममा कार्यकर्ता पोस्न लागिएको समेत आरोप लगाउनुभयो । बैठकमा सांसदहरूले सदनमा जनजीविकाका सवालमा पार्टीको प्रस्तुति फितलो बन्दै गएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment