
राम नारायण पंडित, सिरहा, ०६ असार । सिरहा प्रहरीले बारुद लोडेड दुई नाल भरुबा बन्दुक फेला पारेको छ । सिरहाको गोलबजार नगरपालिका १० स्थित कमलदह जाने वाटोबाट बारुद लोडेड तयारी अबस्थामा रहेको दुई नाल भरुबा बन्दुक फेला परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गोलबजारका प्रहरी सहायक निरिक्षक गोपाल सिलवालको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीलाई देखेपछि ४ जनाको समुहमा रहेको अज्ञात ब्यक्तिहरुले वन्दुक झाडीमा फाली फरार भएको थियो । त्यसपछि खोजलाश गर्ने क्रममा बारुद लोड गरी तयारी अवस्थामा रहेको २ नाल भरुवा वन्दुक बरामद भएको प्रहरीले जनाएको छ । फेला परेको बन्दुकको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न ब्यक्तिहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
No comments:
Post a Comment