सिरहा, असार ११ ।अबिरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
एक सातादेखिको वर्षाका कारण आज बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने भन्दै स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिनुभयो ।
बाढीले घुर्मी खोलाको बाँध टुटेको छ, गाविस सचिव मैनालीले भन्नुभयो– जसका कारण गाविसको वार्ड नं ७ मा बाढीले ठूलो क्षति पु¥याउनसक्ने सम्भावना रहेको छ ।
यता सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिनुभयो ।
यस्तै अबिरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका छन् ।
यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट इलाका प्रहरी लहानले तीन जनालाई उद्धार गरेको थियो ।
महोत्तरीको एक गाउँको घरमा लुकाईराखेको अवस्थामा एक थान नलकटुवा सहित युवक पक्राउ परेको छ ।
सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिगएको टोलीले शुक्रवार साझ सुन्दरपुर ६ का ३० वर्षिय जयनाथ यादवको घर खानतलासी गर्दा दाउरा भित्र कपडामा वेरी लुकाई राखेको अवस्थामा हतियार बरामद गरिएको प्रहरी उपरिक्षक जनक भटटराईले बताएका छन ।
उनी पहिले पनि मोटरसाईकल चोरीमा पक्राउ परिसकेकोमा ३० हजार धरौटीमा छुटेका छन । यता हातहतियार शिर्षकमा मुद्दा दर्ता गरि हिरासतमा राखी अनुसन्धान भईरहेको प्रउ भटटराई ले जनाएका छन ।
सञ्चारक
No comments:
Post a Comment