/ , , , , , / दाइजोमा सुनको रिंग नदिँदा महिला घर निकाला

दाइजोमा सुनको रिंग नदिँदा महिला घर निकाला

राकेश यादव, रौतहट, ५ असार । दाइजोको लोभीले आफ्नै बुहारीलाई कुटपिट गरि घर बाहिर निकाला गरेको छ । १६ लाख रुपैया दाइजो बापत लिए पनि एउटा सुनमा पोखराजको औठी नल्याएको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ निवासी विक्की भन्ने नविन कुमार साह ४ महिना पहिला विवाह गरि घरमा ल्याएकी श्रीमती लाइ मानसिक सन्तुलन ठिक नभएको आरोप लगाउदै घरबाट निकाला गरेको हो ।

सामाजिक परम्परा अनुसार भारतको पूर्वी चम्पारण जिल्लाको छौडादानो निवासी मनोज प्रसाद जैसवालको २२ वर्षीय छोरी लभली जैसवालको विवाह ६ फरवरी २०१६ मा भएको थियो । 
विवाह भएको केहि दिन पछि दाइजोको लोभमा परेका सासु ससुरा र श्रीमानले १६ लाख रुपैया माग गरेकोमा आमा बाबुवाट सो रकम माग गरि दिँदा काठमाडौँमा जग्गा खरिद गरेको पिडित महिलाले बताएकी छिन् । 

मैट्रिक, इन्टर, स्नातक तह उत्कृष्ट श्रेणीमा उतिर्ण गरेपछि विहार सरकारबाट सम्मान प्राप्त गरेकी लभलीले आँसु झार्दै भनिन्, माईती पक्षवाट आएको केहि महिना नवित्दै सासु शोभा देवी ,ससुरा अजय साहले नौकरानी जस्तो व्यवहार गर्दै आएको र अहिल मारपिट गरि घरवाट वाहिर निकाली दिएको हो । 

केटा र केटि पक्षको विचमा सहमति भएको अनुसारको दाइजो लिए पनि राजधानीमा जग्गा खरिद गर्नको लागि माग गरेको १६ लाख नगद दिदा जग्गा रजिष्ट्रेशन भएको १ हप्ता पछि पोखराज लग्र्को सुनको औठी माग्न दवाव दिदै आएको पिडितले उल्लेख गर्दै आमालाइ भन्दा अहिले दिन सक्ने अवस्था नभएकोले पछि दिने कुरा भनेकोमा अहिले ल्याउनु पर्ने भन्दै मानशिक यातना दिदै घरवाट निकाली दिएको दुखेसो पोखिन । 

दाइजो प्रथा अन्त हुनु पर्ने चारै तर्फ वाट आवाज उठिरहेको भएपनि यसको नियन्त्रण नहुदा कतिपय युवतीको अल्प आयु मै ज्यान गुमाउनु परेको घटना सार्वजनिक भएकै हो । संचारकर्मी हरुसितको भेटमा पिडितले माइतीवाट वुवा आएर सासु, ससुरा ,लोग्नेलाइ सम्झाउदा पनि नमानेको र घरवाहिर निकाला गरेको बताईन । 

घरमा सम्मान पुर्वक राख्नलाई सामाजिक दवाव दिने नमाने पछि कानुनी वाटो अपनाइने समाज सेवी गंगा लामाले बताईन , महिला माथि यस्तो कार्य गर्ने व्यक्ति माथि सामाजिक ,कानुनी कार्यवाही समेत गर्नु पर्ने महिला सुरक्षा दवाव समुहका अध्यक्ष देवकी नेपालको भनाइ रहेको छ ।

आरोपित अजय साहले दाइजो नमागेको पह्हिला देखिनै केटि मानसिक अवस्था खराव रहेको दावी गरेको छ । पिडित महिलाको पिता मनोज प्रसादले विहे हुनु भन्दा फोनको मध्यमवाट कुराकानी गर्दा राम्रो रिंग नदिदा पागल भएको भन्दा दुख लागेको बताएका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment