/ Undifined / एमाओवादी अध्यक्ष प्रचण्डलाई सिरहाबासीको ४ प्रश्न

एमाओवादी अध्यक्ष प्रचण्डलाई सिरहाबासीको ४ प्रश्न

सिरहा– सिरहामा खानेपानीको हाहाकार भएको छ । बढ्दो गर्मीसँगै खानेपानीका
मुहान सुक्न थालेपछि सिरहाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको ईनार कल
सुकेका कारण सो क्षेत्रका स्थानीयले सास्ती खेप्नुपरेको छ । धनगढी गाविस
वडा नम्बर–७ चैनपुर र बिष्नपुरुकटी गाविसको भोर्लेली ढुङ्गाना टोल, चमार
टोल, चारभइया टोल, सोमन टोल, बेङ्ङाडाबरलगायतका ठाँउमा पानीका मुहान
सुकेपछि स्थानीयले १ बाल्टी पानी भर्नलाई रातभर ईनार कुरेर बस्नुपरेको
स्थानीय दिनेश भट्टराईले बताएका छन् ।
कल र ईनारमा पानी सुकेपछि रातभर गाउँलेको ईनारमा जमेको लेदो जस्तो पानी
थाप्न जागरम बसेसरी बस्ने गरेको बिष्नुपुरकटी गाविस भोर्लेनीकी स्थानीय
अन्जना दाहालले बताइन् ।
रातभर कुरेर लेदोसहितको पानी समेत पाउन मुस्किल भएको उनको भनाई छ । आसपास
पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्याले सास्ती खेप्नुपरेको
स्थानीयवासीले गुनासो गरेका छन् । खानेपानीको अरु विकल्प नभएकाले त्यही
लेदोसहितको पानी खाँदा स्वास्थ्यमा समस्या हुने र महामारी फैलने समेत डर
भएको भन्दै स्थानीय चिन्तित बनेका छन् । कमसेकम विकास त नदिए पनि पिउनको
लागि पानीसम्म व्यवस्था सरकारले गराउनु पर्ने दिनेश भट्टराईको माग छ ।
खानेपानीको ईनार कल सुकेका कारण स्थानीयले नदि खोलाको पानी खान बाध्य छन्

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment