/ / सिके राउतले अलग मधेश देशको मुद्धा त्याग गरेको संकेत

सिके राउतले अलग मधेश देशको मुद्धा त्याग गरेको संकेत



काठमाडौं, १८ जेठ । अलग मधेश देशको माग गर्दै अभियान चलाएका डा सिके राउतले नेपालबाट मधेशलाई अलग गर्ने अभियान त्याग गरेको संकेत गरेका छन् । सिके राउतले आफनो औपचारिक ट्विटरमा एक ट्विट गर्दै यस्तो संकेत गरेका छन् । उनले आफनो ट्विटरमा मधेशवादीहरुको आन्दोलनलाई अरुको इशारामा गरेको आन्दोलन भएको आरोप लगाउँदै आफनो अभियानले नेपाल र मधेश दुवैको अस्तित्व कायम गर्न भएको भन्दै मधेशवादीहरुको आन्दोलन नेपाल र मधेश दुवैलाई मेट्ने पथमा रहेको आरोप लगाएका छन् ।यस अघि सिके राउतले पहिलो पटक राज्य द्रोहको मुद्धामा विशेष अदालतमा पनि आफु मधेशलाई नेपाल देशबाट अलग गर्ने अभियान नचलाएको स्वीकार गरे पछि रिहा भएका थिए ।

सिके राउतले आफना समर्थकहरु बीच गएर स्वराजको कुरा गर्दै अलग मधेश देशको बिचार व्यक्त गर्दै आएका छन् । उनले छापेको मधेश अलग देशको झण्डा र राष्टगान पनि यस अघि नै सार्वजनिक गरी सकेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment