/ , , , , , / गर्मि बढेको भन्दै भगवान’ सूर्यविरुद्ध मुद्दा दर्ता

गर्मि बढेको भन्दै भगवान’ सूर्यविरुद्ध मुद्दा दर्ता

२० मईमा दर्ता गरिएको यो रिपोर्टमा शाजापुर प्रहरी कोतवालीको स्ट्याम्प समेत लागेको भारतीय सञ्चारमाध्यममा खबर प्रकाशित छ ।


हिन्दूहरुका भगवान सूर्यविरुद्ध कार्वाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् । लिखितरुपमा सूर्यको गर्मीले बाँच्नै नसकिने भन्दै उनले मध्यप्रदेशको शाजापुर थानामा रिपोर्ट दर्ता गरेका हुन ।
शिवपालसिंह नाम गरेका उनले मध्यप्रदेशको शाजापुर थानामा आफ्नौ रिपोर्ट दर्ता गर्दै एक हप्तादेखि आकाशबाट आगो बर्सिरहेको कारण मानसिक र शारीरिरुपमा कष्ट सहन बाध्य भएको बताएका छन् । उनले आफूमाथि परेको यो कष्टका लागि ब्रम्हाण्ड निवासी सूर्यनारायण भएको उल्लेख गर्दै भारतीय संविधानले निर्देशित गरेको कानुन अनुसार कार्वाही गर्न अनुरोध गरेका छन् ।

शिवपालसिंहले सूर्यनारायणले आफ्नो सीमा बिर्सेर हरेक जीवहरुको जीवनमा कष्ट निम्त्याइरहेको आरोप लगाएका छन् । “बोल्न नसक्ने पशु, पक्षिदेखि रुखहरु पोलिएका छन्” साक्षीका रुपमा प्रस्तुत गर्दै शिवनारायणले पत्रमा उल्लेख गरेका छन्, “त्यसैले प्रार्थीको निवेदनमाथि सदभावनापूर्वक विचार गर्दै भारतीय दण्डप्रक्रिया संहिता १९७३ को धारा १५४ अन्तर्गत रिपोर्ट दर्ता गर्ने कष्ट गरियोस् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment