/ , , , , / आन्दोलन: असन्तुष्टिका बाबजुद कार्यक्रम घोषणा हुँदै

आन्दोलन: असन्तुष्टिका बाबजुद कार्यक्रम घोषणा हुँदै

काठमाडौं ५ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २९ दलीय संघीय गठबन्धनले अहिले केही बेरमा आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्दैछन् ।गठबन्धनका मुख्य दुई घटकको असन्तुष्टिका बाबजुद आन्दोलनका कार्यक्रम घोषणा हुन लागेको हो ।गठबन्धको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले कुराकानी गर्दै केही बेरामा आन्दोलनका थप कार्यक्रम घोषणा हुने बताए । उनले अवको आन्दोलन कडा रुपमा हुँदै जाने तयारी भएको बताए ।यता गठबन्धनको कार्यक्रमबाट तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो असन्तुष्ट छन् । उनीहरु अहिले संघीय समाजवादी फोरम नेपालको कार्यलयमा जारी गठबन्धनको बैठकमा सहभागी भएका छैनन् ।सद्भावना श्रोतका अनुसार उपेन्द्र यादवले एकलौटी रुपमा आन्दोलन चलाउन खोजेकोले काठमाडौं केन्द्रीत आन्दोलन फितलो भएकोमा सदभावना असन्तुष्ट छ ।यता महन्थ ठाकुर पनि उपेन्द्र यादवको पछिल्लो रबैयाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । गठबन्धन भित्रको विवाद बारे दुबै पार्टी नेताहरुले कुनै असन्तुष्टि नरहेको बताए ।महतो अस्वास्थय रहेको र ठाकुर दिल्लीबाट फर्केकोले थकित रहेको दुबै पार्टीका नेताहरुले  प्रतिक्रिया दिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment