जनकपुर, जेठ ११ – जनकपुरमा बस र ट्रिपर ठोक्किँदा १४ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख ८६०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ ख ९६१९ नम्बरको ट्रिपर तीब्र गतिका कारण अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको हो ।
जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुरको मुजेलिया मैदा मिल नजिक सोमबार बेलुका दुर्घना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक, यात्रु र ट्रिपरका चालक तथा सहचालक गरी १४ जना घाइते भएका हुन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसका घाइतेको जनकपुर अञ्चल अस्पताल र ट्रीपरका चालक तथा सहचालकको जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment