/ , , / मुख्य पाँच दलको बैठक निष्कर्ष बिहिन

मुख्य पाँच दलको बैठक निष्कर्ष बिहिन

काठमाडौं, जेठ १ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको मुख्य ५ दलको बैठक बिना निष्कर्ष सकिएको छ ।प्रधानमन्त्री निवास बालुवारटारमा सत्तारुढ एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेता सहभागी बैठक आइतबार फेरि बस्ने गरी सकिएको हो ।बैठकमा व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावलीमा देखिएको विवाद टुंग्याउने प्रयास भएपनि सहमति जुट्न नसकेको हो ।संसदको नियमावली नबनेकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव तथा सर्वोच्च अदालतका लागि प्रस्ताव गरिएका ११ जना स्थायी न्यायाधीश र २१ जना राजदूतको संसदीय सुनुवाई हुन सकेको छैन । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment