/ , , , , , / युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाईंदै

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाईंदै

काठमाडौं, ९ जेठ ।   आइतबार युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ५ औं जन्मजयन्ती मनाईंदै छ ।  उहाँको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । उहाँको विसं १९६९ जेठ ९ गते बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगामा जन्म भएको हो । त्यसबेला एउटा पनि विद्यालय नभएका र ब्राह्मण बालकले मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने भएकाले उहाँले सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्नुभएको थियो । सिद्धिचरणले १९८४ सालमा १५ वर्षको हुँदा पाँच कक्षामा सन्ध्या शीर्षकको कविता लेख्नुभएको थियो । पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेको भएपनि हिसाबमा कमजोर भएकाले उहाँले आठ कक्षासम्मको मात्र औपचारिक शिक्षा हाँसिल गनुभयो ।सिद्धिचरणका मेरो प्यारो ओखलढुंगा निकै चर्चित कविता हो । मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो र घाम, सिद्धिचरणका प्रतिनिधि कविता, तिरमिर तारा र बाँचिरहेको आवाज उहाँको कविता संग्रह हो भने उर्वशी, ज्यानमारा शैल, मंगलमान र आँसु खण्डकाब्य हुन् । उहाँ भूकम्प तक्मा, त्रिभुवन पुरुस्कार, रत्नश्री सुवर्ण पदक, पृथी प्रज्ञा पुरुस्कार, बेधनिधि पुरुस्कार, गोरखा दक्षिण बाहु लगायतका पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो । जहानिया राणा शासणविरुद्ध उहाँले कलम चलाउनुभएको थियो । यसैबिच भारतका वरिष्ठ साहित्यकार पवन चामलिङ किरणलाई युगकवि सिद्धिचरण पुरस्कार २०७३ बाट सम्मान गरिदैछ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ५ औं जन्मजयन्तीको अवसर पारेर आइबार भारत सिक्किमका मुख्य मन्त्रीसमेत रहेका चामलिङलाई सम्मान गर्न लागिएको हो । प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा बिहान साढे ११ बजे हुने कार्यक्रममा उहाँलाई सम्मान गरिनेछ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment