/ , , , , , / सिरहामा बिभिन्न मुद्दाका दुई अभियुक्त कारागार चलान

सिरहामा बिभिन्न मुद्दाका दुई अभियुक्त कारागार चलान

सिरहा, ६ जेठ । अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा सिरहाको लहान प्रहरीले आज बिभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सिरहा भदैया गाविस वडा नम्बर ३ बस्ने ६५ वर्षिय राजदेव साह सोनार र सोही ठाउँका शेर बहादुर खड्का रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरी बुधबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राज कुमार केसीले बताए ।

साहलाई सम्मानित जिल्ला अदालत सिरहाले झुठ्ठा विवरण पेश गरी नागरिक्ता लिएको मुद्दामा ०७१ जेठ ५ गते ६ महिनाको कैद तथा पच्चीस हजार रुपैया जरिवानाको फैसला गरेको थियो भने खड्का उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा सोही बराबरको कैद तथा जरिवाना फैसला गरेको थियो ।

पक्राउ परेका दुबै जनालाई आजै सम्मानित अदालतमा उपस्थित गराई अदालतको आदेश बमोजिम फैसला कार्यान्वयनकालागी जिल्ला कारागार पठाइएको इलाका प्रहरी कार्याल लहानले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment