राम नारायण पंडित, सिरहा, २८ वैशाख । सिरहामा अबैध रुपमा संचालित अस्पतालहरु बन्द गराईएको छ । आज (मंगलबार) गरिएको संयुक्त अनुगमनमा बिना दर्ताको अबैध रुपमा संचालनमा रहेका एक दर्जन भन्दा बढी अस्पतालहरुलाई बन्द गराईएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख दयाशंकर लाल कर्णले बताए । सिरहाको लहान, गोलबजार र मिर्चैयामा गरिएको अनुगमनको क्रममा बिना प्रक्रिया र बिना दर्ताले संचालनमा रहेका अस्पालहरुलाई बन्द गराईएको उनले बताए । त्रिदेब अस्पताल लहान, श्रीराम अस्पताल गोलबजार त्यस्तै, मिर्चैयाको मंगलम अस्पताल, ग्लोबल अस्पताल, आर्य सिटी अस्पताल र एम एम अस्पतालको साथै जिल्लामा अबैध रुपमा संचालनमा रहेका एक दर्जन भन्दा बढी अस्पतालहरुलाई बन्द गराईएको प्रमुख कर्णले बताए । बन्द गराईएका अस्पतालहरुलाई दर्ताको साथै सम्पुर्ण कागजी प्रक्रिया नपुर्याउनजेल संचालन नगर्न निर्देशन समेत दिईएको छ । बन्द गराईएका अस्पतालहरुलाई निगरानी गर्नका लागि स्थानिय प्रहरीलाई जिम्मा दिइएको छ । अनुगमन टोली आउँदै गरेको खबर पाएपछि केहि अबैध अस्पतालका संचालकहरुले अस्पताल बन्द गरि फरार भएका थिए । अबैध रुपमा संचाचलनमा रहेका अस्पतालहरुलाई अनुगमन गर्न निरन्तरता दिने सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले बताए । अनुगमन टोलीमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख दयाशंकरलाल कर्ण, सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवाली, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायब उपरिक्षक पुर्ण कुँवर, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल र नेपाल पत्रकार महासंघ सिरहाका सभापति देब कुमार यादब लगायतका सहभागिता रहेको थियो ।
No comments:
Post a Comment