राजविराज १७ वैशाख । व्यापारीलाई हतियार देखाएर रकम लुट्ने सप्तरीका दुई घुमुवा प्रहरीलाई विहीवार कार्वाहीकोलागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगर झिकाईएको छ ।पूर्व क्षेत्रका प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेको निर्देशनमा प्रहरी हवल्दार प्रदिप मधुवन र प्रहरी जवान मोती पटेललाई बिहीबार बेलुकी अनुसन्धानको लागि बिराटनगर झिकाइएको छ । यी दुई सहित दर्जन बढी सादा पोसाकमा खटिएका प्र्रहरीहरुले सप्तरीको विभिन्न नाकाबाट तस्करी वापतको रकम उठाउने काम गर्दै आएका थिए ।दुई साता अघि सप्तरीको बरही बिरपुर स्थित कोशी पश्चिमी नहरमा भारतीय व्यापारी कुमोद कामैतलाई हतियार देखाई तीन केजी चाँदी र भारतीय रुपैयाँ ३५ हजार ७ सय ५५ लुटेको उजुरी क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा परेपछि पटेल र मधुवनलाई विहीवार झिकाइएको हो ।व्यापारीबाट लुटिएको ३ केजी चाँदी मध्ये मात्र २ केजी प्रहरीमा बुझाएको र रकम समेत धुमुवाहरुले नै डर–धम्की देखाई कही कतै उजुरी गरे ज्यानमार्ने धम्की समेत दिएको सप्तरी सुनचाँदी उद्योग व्यवसायी संघका सप्तरी अध्यक्ष राजेश कुमार साहले बताए ।क्षेत्रीय कार्यालयबाट आएको पत्रको आधारमा पटेल र मधुवनलाई विराटनगरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि नै सुनचाँदी व्यापारीलाई दुःख दिएको भन्दै घुमुवा सहायक प्रहरी अधिकृत रामजी चौधरी र रंजित झालाई यसअघि नै क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले निलम्बन गरिसकेको छ । यस विषयमा डिआइजी धिमिरेले आफु पूर्व क्षेत्रमा बसुञ्जेलसम्म जनताको सेवामा खटिने प्रहरीले मर्यादा विपरित कार्य गरेको पाइएमा नछाड्ने बताए । कुनै पनि अपराधि र तस्करलाई नछाड््न समेत सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै उनले भने ‘प्रहरीको काम शान्ति सुरक्षा कायम गर्नु हो’ तस्करी र अपराध नियन्त्रण गर्नु हो, त्यसमा हाम्रो कुनै प्रहरीको संलग्नता भेटाए त्यसलाई छाडिने छैन, कडाभन्दा कडा कार्वाही हुन्छ । न्यूज टुडेबाट
No comments:
Post a Comment