काठमाडौं, १९ बैशाख । आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
१ सय २७औं मजदुर दिवसका अवसरमा आज विभिन्न मजदुर संघसंगठनहरुले अन्तरक्रिया, चेतनामुलक र्याली जस्ता कार्यक्रम आयोजना गरेका छन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सन् १८८६ मे १ मा अमेरिकाको सिकागो शहरमा मजदुरले बलिदानपूर्ण संघर्ष गरेका थिए ।
सो आन्दोलन विश्वभर फैलिएपछि सन् १८८७ मा दार्शनिक कालमाक्र्स र एंगेल्सले विश्वभर मे दिवस मनाउने प्रस्ताव गरेका थिए । सोही अनुरुप हरेक वर्ष मजदुर दिवस मनाउन थालिएको हो ।
No comments:
Post a Comment