/ , , , / एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट चोरी, सम्बन्धित निकाय मौन ।

एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट चोरी, सम्बन्धित निकाय मौन ।

राम नारायण पंडित, सिरहा, २३ चैत्र ।
प्रवेशिका परिक्षा एसएलसीमा भाइबर र म्यासेन्जरबाट सिरहामा शिक्षक तथा अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ । परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको छ । उक्त प्रश्नपत्रका आधारमा उत्तर तयार गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट गर्नका लागि पठाउने गरिएको छ । एसएलसी परीक्षाको पहिलो दिन देखिनै सिरहाको अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जर मार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तर विद्यार्थीसम्म पुर्याउने गरिएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहाको लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा, बन्दिपुर, फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चिट चोराउने गरिएको श्रोतको दाबी रहेको छ । सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई गार्ड वस्ने गरेको पाइएको छ । यसअघि पनि जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट फर्जि गार्ड फेला परेपनि सम्बधित निकायको मौनताको कारण उक्त कार्य रोकिएको छैन् । परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम रहेपनि बाजु माबि फुलबरीया परिक्षा केन्द्रको साथै जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५ जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ । परिक्षा केन्द्रहरुका केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जि गार्ड नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र परिक्षार्थी परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको सहजै अनुमान लगाउन सकिन्छ । यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही गर्ने बताउनु भयो । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट १३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुँदै छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment