/ , , , , / सरकारी विद्यालयको फर्जि परिचयपत्र बनाई नीजिका शिक्षक गार्डमा

सरकारी विद्यालयको फर्जि परिचयपत्र बनाई नीजिका शिक्षक गार्डमा

समग्र संदेश डट कम सिरहा, चैत २१ – यो वर्षको एसएलसी परीक्षामा सिरहामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई गार्ड वस्ने गरेको पाइएको छ । आजको अनिवार्य गणित विषयको परीक्षामा जनता  माध्यमिक विद्यालय अयोध्यानगर, कसहा परीक्षा केन्द्रमा निम्न माध्यमिक विद्यालय गुरुधामका शिक्षक संजिव कुमार सिंहको नाममा अरुनै गार्ड वसेका छन् ।
सिंहले आफू परीक्षामा गार्ड नवसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म परीक्षामा गार्ड बस्न कतै गएको छुईन, विद्यालय छुट्टीभएकोले घरकै काममा लागेको छु ।’
गोलबजर – ७ चोहर्वास्थित शान्ति निकुञ्च आवाशिय विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक राजदेव यादवको नाममा नक्कली परिचय पत्र बनाएर गार्ड बस्नु भएको छ । आफ्नै विद्यालयका परीक्षार्थीलाई सिकाउने उदेश्यले बसेको भएपनि विद्यार्थीलाई अनुशासनमा राख्न उनलाई परीक्षा केन्द्रमा राखिएको नाम नवताउने शर्तमा त्यहि विद्यालयमा कार्यरत एक शिक्षकले जानकारी दिनुभयो ।
जनहित निमावि गोलबजार–६, डोहटीयाको नाममा परिचयपत्र बनाई भोजराज चौहान, राजकुमार राम परीक्षामा गार्ड वसेको भएपनि  ती नाम गरेका शिक्षकहरु आफ्नो विद्यालयमा नभएको प्रधानाध्यापक बद्रि यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो हाम्रो विद्यालयमा त्यस्तो नामगरेको शिक्षकहरु छैनन् कसरी हाम्रो विद्यालको नाममा परिचयपत्र बनाए मलाई त्यसको जानकारी छैन ।
उमेश साह निमावि डावरको शिक्षकको नाममा नक्कली परिचय पत्र बनाई गार्ड वसेको भएपनि उहाँ त्यस विद्यालयको शिक्षक नभएको त्यही कार्यरत एक शिक्षकले जानकारी दिनुभयो ।
यता जिल्ला शिक्षाअधिकारी महेन्द्र महतोले त्यसरी किर्तेगरी गार्ड वसेको पाइएका कार्वाही गर्ने बताउनु भयो ।  अधिकारी महतोले आफूले त्यसरी वसेकाहरुलाई कार्वाही गरेको पनि बताउनु भयो ।
परीक्षा मर्यादित र शान्त बनाउन परिक्षामा गार्डहरु राखेको भएपनि निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई चिठ चोराउन किर्ते परिचयपत्र बनाई गार्ड रेखेका छन् ।
सोही परीक्षा केन्द्रमा निजी विद्यालयका शिक्षकहरुलाई कार्यालय सहयोगीको परिचयपत्र बनाई परीक्षा केन्द्रमा बस्ने गरेका छन् । आफ्नै विद्यालयमा परिचर हुँदा हुँदैपनि चन्द्र परियार, आनन्द भट्टराई, प्रविन भुजेल र भिम लामालाई राखेका हुन् । उहाँहरु सवैजना नीजि विद्यालयका शिक्षक हुन् ।
सो परीक्षा केन्द्रमा शिशुज्योती आवाशिय विद्यालय धनगढी, सारदा ईङ्गलीश बोर्डिङ स्कूल गोलबजार, सरस्वती उच्च माध्यमिक विद्यालय जमदह तेतरिया र मोडेल इङ्गलिश स्कूल धनगढीको परीक्षा केन्द्र रहेको छ । शान्ति निकुञ्च आवासिय विद्यालयका विद्यार्थीले शिशुज्योती आवाशिय माध्यमिक विद्यालय धनगढीबाट परीक्षा दिईरहेका छन् ।
यस वर्षबाट एसएलसी परीक्षामा कोही फेल नहुने नीति राज्यले ल्याएको भएपनि राम्रो नम्वर ल्याएर विद्यालयको पर्चार गर्नकै लागि नीजि विद्यालयहरुले अझै मारामार गरेर फर्जि परिचयपत्र बनाएर गार्ड राख्ने गरेको छ ।
यता परीक्षा केन्द्राध्यक्ष सुरेश कुमार साहले सवै शिक्षकहरुले सरकारी विद्यालयको लेटरप्याडमा शिक्षकभएको लिखित ल्याएको हुँदा उहाँहरुलाई गार्डको लागि सिफारिस गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म सवैशिक्षकलाई चिन्दिन उहाँहरुले ल्याएको प्रमाणको आधारमा सिफारिस गरिएको हो ।’

 जनता माध्यमिक विद्यालय अयोध्यानगर कसहा परीक्षा केन्द्रका परीक्षार्थी बाहिरबाट ल्याएको फल्यापबाट उत्तर पुस्तीकामा उत्तर सार्दै ।  र, गोलबजर – ७ चोहर्वास्थित शान्ति निकुञ्च आवाशिय विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक राजदेव यादवको नाममा नक्कली परिचय बनाई गार्डमा बसेका अनुगमन टोली पुगेपछि परीक्षाहलबाट बाहिर निस्कदै कालोसर्टलगाएका ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment