सप्तरी, २ चैत । सप्तरीमा सोमबार साँझ भएको आगलागीबाट २ लाख बराबरको क्षती भएको छ । बरहीबीरपुर २ बस्ने देब कुमार मुखियाको फुसको घरमा साँझ ९ बजे बिधुत सर्ट भई आगलागी हुँदा घर र सम्पुर्ण समान जलेर नष्ट भएको हो ।
आगलागीबाट अन्दाजी २ लाख बरावरको क्षती भएको पिडित मुखियाले बताएका छन् । आगलागी प्रहरी र स्थानियबासीको प्रयासमा २ घण्टा पछि नियान्त्रणमा आएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
No comments:
Post a Comment